• २१ असोज २०८३, बुधबार
  • ३ः०१ दिउँसो

३०० कर्मचारीको सम्पत्ति छानबिन गर्दै अख्तियार

प्रकाशित मिति

२०७६ असार ८ गते, आईतवार ११:३३

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विभिन्न निकायमा कार्यरत झण्डै ३०० कर्मचराीको सम्पत्ति छानबिन थालेको छ। अख्तियारले ती कर्मचारीलाई सम्पत्ति विवरण भराउँदै सम्पत्ति छानबिन थालेको हो।

National Life

अख्तियार स्रोतका अनुसार कर्मचारीका अस्वाभाविक जीवनशैली, स्रोत नखुलेको सम्पत्ति र इन्टिलिजेन्सको सूचनाको आधारमा ती कर्मचारीको सम्पत्तिको छानबिन थालेको हो। छानबिनमा पर्नेमा बहालवाला र सेवा निवृत्त कर्मचारी छन्। आयोगले छानबिनमा परेका कर्मचारीलाई सम्पत्ति विवरण भराउन थालेको छ।

स्रोतका अनुसार छानबिनमा परेकामा राजस्व, लेखा यातायात, मालपोत, नापी, अध्यागमन र भन्सारमा लामो समयसम्म बसेका कर्मचारी छन्। यसैगरी सिँचाइ मन्त्रालय र मातहतका निकायमा रहेका कर्मचारी पनि छानबिनको दायरामा छन्। आयोगका एक अधिकारीका अनुसार अकत सम्पत्ति छानबिन प्रक्रिया थालेसँगै कर्मचारीले कारबाहीबाट उम्किने विभिन्न रणनीति अपनाउन थालेका छन्। यो समाचार आजको राजधानी दैनिकमा छ ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया