• २० असोज २०८३, मंगलबार
  • ९ः२० राती

देउवा र पौडेललाई प्रकाशमानको प्रश्न : गणेशमानको परिवारले सधैं त्यागमात्र गर्नुपर्ने ?

प्रकाशित मिति

२०७८ आश्विन २० गते, बुधबार १२:०२

२० असोज, २०७८ काठमाडौँ : नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले कम्युनिस्टहरूको मनोबल बढ्नुमा कांग्रेस सभापति शेरबहादुर देउवा जिम्मेवार रहेको बताएका छन् । १३ औँ महाधिवेशनपछि कमजोर व्यक्तिको हातमा नेतृत्व गएकाले कम्युनिस्टको मनोबल बढेको सिंहले बताए । १३ औँ महाधिवेशनबाट शेरबहादुर देउवा कांग्रेसको सभापति चुनिएका थिए ।

National Life

काठमाडौँ महानगरमा निर्वाचित पदाधिकारीहरूको शुभकामना आदान प्रदान तथा परिचयात्मक कार्यक्रमलाई बुधबार सम्बोधन गर्दै सिंहले कांग्रेस कमजोर भएकै कारण कम्युनिस्टहरूको मनोबल बढेको बताएका हुन् । उनले भने, ‘१३ औँ महाधिवेशनपछि कांग्रेसले कमजोर नेतृत्व पायो । परिणामस्वरूप कम्युनिस्टको मनोबल बढ्दै गएको छ । १४ काठमाडौँ महाधिवेशनबाट डायनामिक सभापति रोज्नुको विकल्प छैन ।’


पार्टीमा सभापति देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलपछि आफू नै वरिष्ठ रहेको बताउँदै उनले यसपटक कुनै हालतमा पछि नहट्ने उल्लेख गरे । यसबारे देउवा र पौडेललाई जानकारी गराइसकेको बताउँदै सिंहले भने, ‘म सभापति बन्न नहुने कारण उहाँहरुले देखाइदिनुपर्यो । गणेशमानको परिवारले सधैं त्यागमात्र गर्नुपर्ने ?’

Classic Tech Mobile
Classic Tech Desktop

२०७२ सालमा भएको १३ औँ महाधिवेशनमा आफू नउठेर रामचन्द्र पौडेल र शशांक कोइरालालाई सघाएको भन्दै उनले भने, ‘अहिलेसम्म काठमाडौंबाट को पार्टी सभापति भएको छ ?, के हामी सधैं अरुको झोला मात्रै बोकेर हिँड्नुपर्ने ? ’

प्रतिकृया