• २० असोज २०८३, मंगलबार
  • ११ः३६ राती

कांग्रेस हुम्लामा पौडेल पक्षको समानान्तर जिल्ला कार्यसमिति घोषणा, पार्टी कार्यालय स्थापना

प्रकाशित मिति

२०७८ आश्विन १८ गते, सोमबार ०६:०४

१८ असोज, २०७८ सिमकोट : कांग्रेसको संस्थापन इतर पक्षले हुम्लामा समानान्तर जिल्ला कार्यसमिति निर्माण गरी घोषणा गरेको छ। अधिवेशन प्रतिनिधि र कार्यकर्ताबीच सोमबार कार्यक्रम आयोजना गरी सो घोषणा गरेको हो। पौडेल पक्षकी नेता एवं संविधानसभा सदस्य रीता शाहीले रामबहादुर भण्डारीको नेतृत्वमा ३१ सदस्यीय समानान्तर जिल्ला कार्यसमिति गठन गरिएको जानकारी दिइन्। समानान्तर समितिको उपसभापतिमा पेमा तामाङ र तिलक शाही, सचिव चन्दा फडेरा र लोकेन्द्रबहादुर लामालाई चयन गरेको छ।

National Life

यसैगरी, सहसचिवमा राजप्रसाद जैसी, जनक शाही, जगत्बहादुर धामी, छिरिङयाङजु लामा, धर्मदत्त फडेरा, जस फडेरा, सुनीता बुढा, घमण्डी मल्ल, दाने फडेरा, विक्रम बुढा, लालकला बिक, पासाङ बुढाथोकी, जनक तामाङ, नानीकला शाही, मायादेवी शाहीलाई चयन गरेको छ।


समितिका अन्य सदस्यमा गुठबहादुर सिंह, प्रेमबहादुर बुढाथोकी, दीपक बुमी, पेमा सुनारलाई चयन गरिएको छ। नेपाली कांग्रेस हुम्ला प्रदेश क बाट सुरु भएको विवाद अन्ततः समानान्तर समिति गठनमा पुगेको छ। प्रदेश (क) मा यसअघि नै लोकेन्द्र भण्डारीको नेतृत्वमा समानान्तर समिति गठन गरिसकेको थियो। प्रदेश सभा९क०को अधिवेशनलाई बहिष्कार गरेको पौडेल पक्षले जिल्लाको अधिवेशनलाई समेत बहिष्कार गरेको थियो। उपसभापति लामा नाम्खा गाउँपालिका उपाध्यक्ष हुन्।

Classic Tech Mobile
Classic Tech Desktop

सोमबारै पार्टी कार्यालयसमेत स्थापना गरिएको छ। सभासद् शाहीले कार्यकर्ता अन्यत्र जानबाट जोगाउन पनि समानन्तर कार्यसमिति गठन गर्नुपरेको बताइन्। यसअघि सर्केगार्डबाहेक, ६ वटा गाउँपालिका दवै प्रदेश क्षेत्र र जिल्ला कार्यसमिति संस्थापन पक्षले प्रक्रियामा गएर सर्वसम्मत गरेको थियो।

प्रतिकृया