• १९ असोज २०८३, सोमबार
  • ८ः०७ राती

कार्यकर्तालाई ईश्वर पोखरेलको सुझाव– चार वटा कुरा ख्याल गरेर जुनसुकै काम गर्नुस्

प्रकाशित मिति

२०७८ आश्विन १७ गते, आईतवार ०४:१२

१७ असोज २०७८ काठमाडौँ : नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले पार्टी तथा संगठन उत्पादनसँग जोडिनुपर्ने आवश्यकता औंल्याउँदै चार वटा कुरालाई ख्याल गरेर जुनसुकै काम गर्न कार्यकर्तालाई आग्रह गरे । पार्टीको प्रथम विधान महाधिवेशनमा संगठनात्मक प्रतिवेदनमाथि प्राप्त सुझावबारे टिप्पणी गर्दै उनले प्रतिनिधि तहबाट आएका सुझाव समेट्न र व्यवस्थित गर्नका लागि एउटा टिम बनाइएको र त्यो टिमले सबै खालका सुझाव व्यवस्थित गर्ने र ग्रहण गर्ने विश्वास दिलाए ।

National Life

उनका अनुसार राज्यको कानुनले अनुमति दिएको जुनसुकै काम गरे हुन्छ । त्यस्तै, समाजका अग्रगामी मूल्य मान्यताको पक्षमा रहेका जुनसुकै काम पार्टीका कार्यकर्ताले गरे हुन्छ । त्यसैगरी कम्युनिस्टको आचरण र नैतिकताले दिने जुनसूकै काम गरे हुन्छ । चौथोमा उनले पारदर्शी हुने जुनसुकै काम गरे हुने प्रस्ट पारे ।


उनले अब पुस्ताहरुबीचको कम्पोजिसन जरुरी रहेको पनि बताए । उनले भने, ‘योजनावद्ध कम्पोजिसन भएन भने बुढाबुढामात्र एकातिर थुप्रिने अवस्था आउँछ, त्यो भयो भने पार्टी नेतृत्व कहाँ पुग्छ ?’ हिजो कुनैबेला पूर्णकालीन कार्यकर्ता भनेपछि त्यो नै सबैभन्दा ठुलो मापदण्ड रहेको चर्चा गर्दै पोखरेलले भने, ‘अहिलेको परिवेशमा उत्पादन र श्रमसँग गाँसिदैनौं भने हाम्रो पंक्ति स्खलित हुन सक्छ । त्यसैले जुनसुकै काम गरे हुन्छ । तर चारवटा कुरालाई ख्याल गर्नुपर्छ ।’

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया