• २१ असोज २०८३, बुधबार
  • ३ः०० दिउँसो

प्रधानमन्त्री मातहतको बजेटः साढे ४ अर्ब तालिम र अनुगमनमै

प्रकाशित मिति

२०७६ असार ७ गते, शनिबार ०९:१५

 

National Life

काठमाडौंः प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले आफ्नो र मातहत निकायका नाममा विनियोजित अर्बौंमध्ये अधिकांश बजेट कार्यालयको संस्थागत सुधार, तालिम, प्रशिक्षण र प्रविधि विकास शीर्षकमा छुट्याएको समाचार आजको कान्तिपुरले पहिलो पृष्ठमा छापेको छ ।

समाचारमा लेखिएको छ, यिनै शीर्षकमा बर्सेनि अर्बौं रुपैयाँ सकिने गरे पनि ठोस परिणाम देखिने गरेको छैन ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय र मातहतका १२ निकाय तथा विभागलाई राज्यले ४ अर्ब ६५ करोड ६९ लाख रुपैयाँ विनियोजन गरेको छ ।

जसमा मन्त्रिपरिषद्, प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, सार्वजनिक खरिद अनुगमन कार्यालय, नेपाल ट्रस्टको कार्यालय, राष्ट्रिय सतर्कता केन्द्र, लगानी बोर्डको कार्यालय, महान्यायाधिवक्ताको कार्यालय, उच्च सरकारी वकिलको कार्यालय, जिल्ला सरकारी वकिलको कार्यालय, विशेष सरकारी वकिलको कार्यालय, राजस्व अनुसन्धान विभाग, राजस्व अनुसन्धान एकाइ कार्यालयहरू, सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग र राष्ट्रिय अनुसन्धान विभाग छन् ।

प्रतिकृया