• १९ असोज २०८३, सोमबार
  • ६ः३२ बेलुका

यो वर्षको टीकाको साइत कुन देशमा कति बजे ?

प्रकाशित मिति

२०७८ आश्विन १५ गते, शुक्रबार ११:३३

१५ असोज, २०७८ काठमाडौँ : यस वर्षको विजया दशमीको टीकाको साइत १० बजेर २ मिनेट जाँदा रहेको अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ। समितिले प्रेस विज्ञप्ति जारी गरी नेपाललगायत विश्वभर रहेका नेपालीहरुको लागि टीकाको साइतको समय सार्वजनिक गरेको हो।

National Life

भारतको नयाँ दिल्लीमा बस्ने नेपालीहरुका लागि १५ अक्टोबरका दिन उक्त स्थानमा बिहान ५ बजेर ५५ मिनेट जाँदा, न्यूयोर्कमा १५ अक्टोबर बिहान ९ बजेर २१ मिनेट जाँदा, अमेरिकाको केन्टुकीमा १५ अक्टोबरको बिहान ८ बजेर ४५ मिनेट जाँदा, अमेरिकाको टेक्सासमा बिहानको ८ बजेर १५ मिनेट जाँदा, क्यालिफोर्नियामा बिहान ७ बजेर १५ मिनेट जाँदा टीकाको साइत रहेको छ।


त्यस्तै १५ अक्टोबरमा क्यानडामा ८ बजेर ३५ मिनेट जाँदा, जापानमा ११ बजेर ५ मिनेट जाँदा, अष्ट्रेलियाको मेलबर्नमा १० बजेर ३१ मिनेट जाँदा, सिड्नीमा १० बजेर २५ मिनेट जाँदा, ब्रिसवेनमा १० बजेर २९ मिनेट जाँदा टीकाको साइत जुरेको छ। समितिले यस वर्ष बिहानको समय नै टीका लगाउने साइत भएको उल्लेख गरेको छ।

Classic Tech Mobile
Classic Tech Desktop

अरु पूजाका साइत
त्यस्तै असोज २१ गते भएको घटस्थापनाको पूजाको साइत बिहान ११ बजेर ४६ मिनेट जाँदा रहेको छ। नवरात्रीको प्रारम्भ हुने यो दिन धुमधामका साथ घरघरमा पूजाआजा गरिन्छ। यस्तै असोज २२ गते बिहान ११ बजेर ५६ मिनेट जाँदा नवदुर्गाको मन्दिरका झण्डाहरु फेर्ने साइत रहेको छ।


असोज २६ गतेको फूलपातीको प्रसिद्ध तुलजा भवानी यात्रा बिहान ७ बजेर ११ मिनेट जाँदाको साइतमा गर्दा उत्तम हुने समितिले जनाएको छ। हिन्दू धर्मावलम्बीको ठूलो पर्व दसैँ घटस्थापनाबाट शुरु भई कोजाग्रत पूर्णिमाका दिन सकिने परम्परा रहेको छ।

प्रतिकृया