उपचारका लागि पूर्वमन्त्री वर्षमान पुन बैकंक प्रस्थान
प्रकाशित मिति
२०७८ आश्विन १३ गते, बुधबार ०८:४३
१३ असोज, २०७८ काठमाडौँ : पूर्वअर्थमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का नेता वर्षमान पुन उपचारका लागि थाइल्याण्ड प्रस्थान गरेका छन् । जण्डिसको समस्या फेरि देखिएपछि उनी थप उपचारका लागि थाइल्याण्ड गएका हुन्। बुधबार बिहान हिमालय एयर लाइन्सको कार्गो जहाजबाट उनी थाइल्याण्डका लागि उडेको निजी सचिवालयले जानकारी दियो।
हिमालय एयर लाइन्सको विमान समान लिनका लागि थाइल्याण्ड जान लागेको मौकामा उनी सिधै त्यसतर्फ गएका हुन्। सामान्य अवस्थामा नेपालबाट दुबइ ट्रान्जिट भएर थाइल्याण्ड जाने गरिन्छ । केही दिनदेखि अस्वस्थ रहेका पुनमा जन्डिसको समस्या देखिएको हो। चार वर्ष पहिले जन्डिसको समस्या गम्भीर बनेपछि उनलाई थाइल्याण्डको बैंककस्थित समितिभेज अस्पतालमा उपचार गरिएको थियो ।
अहिले पनि सोही अस्पताल उपचार हुने उनको सचिवालयले जनाएको छ। पुनलाई बिदाई गर्न अर्थमन्त्री जनार्दन शर्मा विमानस्थल पुगेका थिए । पुनसँगै श्रीमती एवं पूर्वसभामुख ओनसरी घर्ती पनि बैंकक गएकी छिन्।








प्रतिकृया