• २० असोज २०८३, मंगलबार
  • १ः१६ राती

साहस उर्जाको आईपीओ भर्ने आज अन्तिम दिन

प्रकाशित मिति

२०७८ आश्विन १० गते, आईतवार १२:१८

१० असोज, २०७८ काठमाडौँ : असोज ६ गतेदेखि निष्कासन तथा विक्री खुला भएको साहस उर्जा लिमिटेडको आईपीओ भर्ने आज अन्तिम दिन रहेको छ । कम्पनीको आईपीओमा शुक्रवार २ बजेसम्म १७ लाख १६ हजार जनाले आवेदन दिएका छन् । विक्री प्रबन्धक एनआइबिएल एस क्यापिटलका अनुसार उक्त समयसम्म २ करोड ४६ लाख कित्ताका लागि आवेदन परेको हो ।

National Life

यो आवेदन सर्वसाधारणको लागि माग गरेभन्दा ३ दशमलव ८१ गुणा बढी हो । उक्त कम्पनीले भदौ ६ गतेदेखि ७० करोड बराबरको ७० लाख कित्ता आईपीओ निष्कासन गरेको हो । कुल कित्तामध्ये ३ प्रतिशत अर्थात् २ लाख १० हजार कित्ता शेयर कर्मचारीको लागि र ५ प्रतिशत अर्थात् ३ लाख ५० हजार कित्ता शेयर सामुहिक लगानी कोषको लागि छुट्याइएको छ । बाँकी रहेको ६४ लाख ४० हजार कित्ता शेयरमा सर्वसाधारणले आवेदन गर्न पाउने छन् ।


कम्पनीको आईपीओमा मागभन्दा बढी आवेदन परिसकेकाले छिटो अवधिमै आज अर्थात् आइतवार निष्कासन बन्द हुने भएको छ । कम्पनीको आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम १० लाख ५० हजार कित्ताका लागि आवेदन दिन सकिने छ ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया