• १९ असोज २०८३, सोमबार
  • ११ः५३ राती

सुनको मूल्य गिरावट तोलामा कति ?

प्रकाशित मिति

२०७८ आश्विन १० गते, आईतवार ११:५४

१० असोज, २०७८ काठमाडौँ : साताको पहिलो दिन आइतबार सुनको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुनको मूल्य तोलामा ६ सय रुपैयाँले घटेर ८९ हजारमा कारोबार भइरहेको छ ।

National Life

गत शुक्रबार छापावाला सुनको मूल्य तोलाको ८९ हजार ६ सय रुपैयाँ थियो । तेजाबी सुनको मूल्य पनि तोलामा ६ सय रुपैयाँले घटेर ८८ हजार ५ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै चाँदीको मूल्य तोलामा पाँच रुपैयाँले घटेर ११ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रतिकृया