• १९ असोज २०८३, सोमबार
  • ११ः२० राती

कपनबाट ढलमा खसेर हराएका बालकको शव ललितपुरमा फेला

प्रकाशित मिति

२०७८ आश्विन १० गते, आईतवार ११:३१

१० असोज, २०७८ काठमाडौँ : कपनको मिलनचोकबाट ढलमा खसेर बेपत्ता भएका १० वर्षका बालक उज्ज्वल विश्वकर्मा मृत फेला परेका छन् । ललितपुरको बागमती गाउँपालिका–१ स्थित घुसेलमा उनको शव भेटिएको ललितपुरकी एसएसपी किरण बज्रचार्यले बताइन् ।

National Life

असोज ४ मा साँझ ढलमा खसेका विश्वकर्माको शव घुसेल स्थित बागमतीको किनारमा भेटिएको हो । उनको कपडाबाट परिवारले शव पहिचान गरेका छन् । शव बागमती नदि किनाराबाट मुल सडक सम्म ल्याउन करिब २ घण्टा पैदल हिँड्नुपर्छ ।​ उज्ज्वलको अनुहार चिन्न नसकिने अवस्थामा छ । शव पोष्टमार्टमका लागी पाटन अस्पतालमा ल्याइने एसएसपी बज्राचार्यले बताइन् ।

प्रतिकृया