• १९ असोज २०८३, सोमबार
  • १०ः३७ राती

लमजुङ काँग्रेसमा विवाद : मतदान स्थगित, मतपत्र जलाइयो

प्रकाशित मिति

२०७८ आश्विन १० गते, आईतवार ११:१९

१० असोज, २०७८ काठमाडौँ : नेपाली काँग्रेस लमजुङको राइनास नगरपालिका अधिवेशनका क्रममा मतपत्रमा त्रुटि भेटिएपछि मतदान स्थगित भएको छ । ​नगर सभापतिका उमेदवार श्रीकृष्ण पौडेलको नामावली भएको ठाउँमा मतदानको संकेत गर्ने ठाउँ नै नराखेपछि मतदान स्थगित भएको हो ।

National Life

उक्त मतपत्र पौडेल पक्षीय कार्यकर्ताले मतपत्र समेत जलाइदिएका छन् । योजनाबद्धरुपमा मतपत्र र सिरियल नम्बरमा गडबड गरेपछि निर्वाचन स्थगित गरिएको अध्यक्षका उमेदवार श्रीकृष्ण पौडेलले बताए । ‘कानूनी रुपमा वैधानिक नहुने गरी मतपत्रमा मतदान गर्ने कोलम नै नराखि मलाई हराउने योजनाबद्ध षड्यन्त्र रचियो,’उनले भने, ‘मतपत्रमा कोलम मात्र हटाएर सिरियल नम्बर समेत एउटै राखेर हराउने योजना बनाएको बुझेपछि हामीले मतदान रोक्न लगायौँ ।’


पौडेलले प्रजातन्त्र र लोकतन्त्रको वकालत गर्ने काँग्रेस जस्तो पार्टीमा केही स्वार्थी र बदनाम नेताहरुका कारण पार्टी नै बदनाम भएको बताए । आफू जित सुनिश्चित भएका कारण पार्टीका केही स्वार्थीले यस्तो षड्यन्त्र रहेको आरोप पौडेलको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

‘मैले विद्यार्थी राजनीति हुँदै स्थानीय स्तरमा राजनीति गर्दै आएकाले मेरो लोकप्रियतासँग अत्तालिएर केही षड्यन्त्रकारीले योजनाबद्धरुपमा हराउने योजना बनाए,’ उनले भने, ‘मेरो जित सुनिश्चित थियो । त्यसैले कसरी हराउने भनेर योजनाबद्ध षड्यन्त्र रचियो।’


उमेदवार पौडेलले योजनाबद्ध षड्यन्त्र गरिएको भन्दै नेता कार्यकर्ताले विरोधमा उत्रिएर मतपत्र जलाइदिएको पौडेलले बताए । निर्वाचन अधिकृत दिनेश चिलुवालले निर्वाचन सुरु भएको दश मिनेटमा मतपत्रमा त्रुटि भेटेपछि दुवै पक्षका प्रतिनिधिसँग छलफल गरेर सहमतिमा निर्वाचन प्रक्रिया अगाडि बढाएको बताए ।


उमेदवार पौडेलले मतपत्रको विषयलाई लिएर विरोध गरिएपछि मतदान स्थगित भएको निर्वाचन अधिकृत चिलुवालले बताए । उनले खसेको मतपत्र र खस्न बाँकी मतपत्र सुरक्षाकर्मीको रोहवरमा जलाइएको बताए । अर्को सूचना जारी नभएसम्म अनिश्चितकालका लागि मतदान प्रक्रिया स्थगित गरिएको चिलुवालको भनाइ छ ।

प्रतिकृया