• १९ असोज २०८३, सोमबार
  • ७ः१२ बेलुका

एमालेको केन्द्रीय समिति बैठक आज पनि ओली र महासचिव ईश्वर पोखरेललगायतले जवाफ दिने

प्रकाशित मिति

२०७८ आश्विन १० गते, आईतवार ०८:३४

१० असोज, २०७८ काठमाडौँ : नेकपा एमालेको केन्द्रीय समिति बैठक आज पनि बस्दैछ । दुई दिनका लागि बोलाईको बैठक शनिबार नसकिएपछि आज पनि निरन्तरता दिन लागिएको हो । ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति भवनमा जारी वैठकमा आज समूहगत छलफलबाट आएको सुझावबारे पार्टी अध्यक्ष केपी शर्मा ओली र महासचिव ईश्वर पोखरेललगायतले जवाफ दिने कार्यक्रम छ ।

National Life

शुक्रबारदेखि शुरु बैठकले तीन प्रस्तावमा छलफल गर्न १० वटा समूह बनाएको थियो । समूहगत छलफल सकिएपछि टोली नेताहरुले निष्कर्ष बैठकमा सुनाएका थिए। शनिबार समूहगत सुझाव पेश गर्ने काम मात्रै भएकाले अध्यक्ष केपी शर्मा ओली लगायतले जवाफ दिने काम नसकिएकाले बैठक लम्बिएको प्रचार विभाग प्रमुख योगेश भट्टराईले जानकारी दिए । बैठक आज ११ बजेबाट सुरु हुनेछ ।


अध्यक्ष ओलीले राखेको राजनीतिक प्रतिवेदन, महासविच ईश्वर पोखरेलले राखेको सांगठानिक र उपमहासचिव विष्णु पौडेलले पेश गरेको विधान संधोधन प्रस्तावमा छलफल चलेको थियो। जबजको मार्ग निर्देशनमा लोकतान्त्रिक जनवादी क्रान्ति सम्पन्न भएको र त्यसलाई संस्थागत गर्दै समाजवादको आधार निर्माण गर्ने कार्यदिशालाई अगाडि बढाउनुपर्छ भन्ने सुझवा आएको भट्टराईले बताए ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया