• २० असोज २०८३, मंगलबार
  • ८ः०६ राती

अवैध लागूऔषध सहित २ जना पक्राउ

प्रकाशित मिति

२०७८ आश्विन ९ गते, शनिबार ०५:१७

९ असोज, २०७८ काठमाडौँ : पर्सा, वीरगञ्ज महानगरपालिका-१५ बसपार्कबाट नियन्त्रित लागूऔषध नाईट्राभेट ट्याब्लेट १ हजार ४ सय ७० पिस सहित २ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा वीरगञ्ज महानगरपालिका-१७ अलौ बस्ने ३९ वर्षीय बिनोद दास हरिजन र सोही महानगरपालिका-१७ सिमान टोल बस्ने २३ वर्षीय सुनिल साह रहेका छन् । विशेष सूचनाको अधारमा लागूऔषध नियन्त्रण व्यूरो तथा प्रहरी चौकी बसपार्कबाट खटिएको संयुक्त टोलीले ना.३५ प ४०४८ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरुलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । उनीहरु उपर लागूऔषध सम्बन्धी कसूरमा अनुसन्धान अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

National Life

हत्या गरेको अभियोगमा पक्राउ
सुनसरी,
छिमेकी २१ वर्षीय राजु थापालाई छुरा प्रहार गरी हत्या गरेको अभियोगमा ईटहरी उपमहानगरपालिका-३ सुनौलो टोल बस्ने ६२ वर्षीय देवी प्रसाद अधिकारीलाई शुक्रबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । सामान्य घरायसी बादबिबाद हुँदा अधिकारीले छुरा प्रहार गर्दा थापा गम्भीर घाइते भएको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय ईटहरीबाट खटिएको प्रहरीले अधिकारीलाई पक्राउ गरेको हो । उपचारको लागि घोपा धरान लैजाने क्रममा थापाको मृत्यु भएको थियो । साथै पक्राउ परेका अधिकारी समेत घाइते भएकाले प्रहरीको निगरानीमा उपचार भइरहेको छ ।

भरुवा बन्दुक सहित १ जना पक्राउ
जाजरकोट,
बारेकोट गाउँपालिका-३ पछ्यौरी बस्ने ४३ वर्षीय भक्त बहादुर बोहरालाई १ थान भरुवा बन्दुक सहित शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । उनको घरमा अवैध भरुवा बन्दुक लुकाई राखेको भन्ने सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय बारेकोटबाट खटिएको प्रहरीले तलासी गर्दा बन्दुक फेला पारी उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

Classic Tech Mobile
Classic Tech Desktop

पर्सा, २४ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा वीरगंज महानगरपालिका-२९ रतनपुर बस्ने २५ वर्षीय साबिर हुसेन खानलाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ । खानले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी मिलनचोकबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।


तास खेलिरहेको अवस्थामा ५ जना पक्राउ
काठमाडौँ, गोकर्णेश्वेर नगरपालिका-८ बेशीगाउँ भेनसमोड डेरा गरी बस्ने सिन्धुपाल्चोक बलेफी घर भएका ५४ वर्षीय धनकाजी तामाङको कोठामा तास खेलिरहेको अवस्थामा ५ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । उनको कोठामा तास खेलिरहेको भन्ने सूचनाको आधारमा महानगरीय प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले उनीहरुलाई नगद ५३ हजार २ सय २५ रुपैयाँ र ३ बुक तास सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।


श्रोत नखुलेको रकम सहित २ जना पक्राउ
काठमाडौँ,
चन्द्रागिरी नगरपालिका-२ स्थित नागढुङ्गाबाट श्रोत नखुलेको नगद ९५ लाख रुपैयाँ सहित भारत मुम्बई महाराष्ट्र प्रदेश साङ्ली थाना घर बताउने २६ वर्षीय सागर माली र १९ वर्षीय कृष्ण अढाडेलाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ । चितवनबाट काठमाडौंतर्फ आउँदै गरेको ग.१ ख ५५४६ नम्बरको हाईसलाई महानगरीय प्रहरी प्रभाग नागढुंगाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा हाईसमा सवार मालीको साथबाट नगद ५० लाख र अढाडेको साथबाट ४५ लाख गरी उक्त श्रोत नखुलेको रुपैयाँ फेला पारी उनीहरुलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।


चोरी पैठारी गरी ल्याएको ६१ थान मोबाइल सहित २ जना पक्राउ
काठमाडौँ,
चोरी पैठारी गरी ल्याएको विभिन्न कम्पनीका ६१ थान मोबाइल सहित २ जनालाई काठमाडौं बल्खुबाट बिहीबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा काठमाडौं शंखमुल बस्ने महोत्तरी बर्दिबास नगरपालिका-१४ बस्ने २१ वर्षीय आकाश कार्की र काठमाडौं महानगरपालिका-३१ जडिबुटी बस्ने महोत्तरी बर्दिबास नगरपालिका-१४ बस्ने २१ वर्षीय अमित कुमार महत्तो रहेका छन् । भारतबाट मोबाइल लगायतका सरसामानहरु भन्सार छली चोरी पैठारी गरी ल्याई कारोबार गर्ने गरेको भन्ने सूचनाको आधारमा महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरीले उक्त कारोबारमा संलग्न उनीहरुलाई पक्राउ गरेको हो । उनीहरुलाई आवश्यक कारबाहीको लागि त्रिभुवन अन्तर्राष्ट्रिय भन्सार कार्यालय गौचरण काठमाडौंमा पठाइएको उक्त महाशाखाले जनाएको छ ।


आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट
रोल्पा, रोल्पा नगरपालिका-१ धारापानीस्थित श्रीकृष्ण प्रावि धारापानीको भवनमा करेन्ट सर्ट भई शुक्रबार दिउँसो आगलागी हुँदा भवन, विभिन्न फर्निचर, पुस्तकहरू लगायतका सामग्री समेत जलेर करिब ८० लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ । झापा, अर्जुनधारा नगरपालिका-३ कैदले बस्ने बुद्धिराज लिम्बुको घरमा रहेको किराना पसलमा करेन्ट सर्ट भई शुक्रबार दिउँसो आगलागी हुँदा करिब ६ लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ । प्रहरी, स्थानीय बासिन्दा र दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिकृया