• २१ असोज २०८३, बुधबार
  • ४ः५० बिहान

नागढुङ्गाबाट ९५ लाख नगद सहित दुई जना पक्राउ

प्रकाशित मिति

२०७८ आश्विन ९ गते, शनिबार १२:०८

९ असोज, २०७८ काठमाडौँ : काठमाडौंको नागढुंगाबाट प्रहरीले ९५ लाख नेपाली रुपैयाँ बरामद गरेको छ । चितवनबाट काठमाडौं आउँदै गरेका दुई जनाको साथबाट स्रोत नखुलेको ९५ लाख बरामद गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी अशोक सिंहले बताए । चन्द्रागिरी नगरपालिका–२ स्थित नागढुङ्गा चेक प्वाइन्टबाट प्रहरीले सो नगद लिएर आउने दुई जनालाई पक्राउ गरेको छ ।

National Life

पक्राउ पर्नेमा भारत घर भएका सागर माली र कृष्ण अढाडे छन् । भारतको मुम्बई घर भएका उनीहरु ग १ ख ६६४५ नम्बरको हाइस माइक्रोमा चितवनबाट काठमाडौं आएका थिए । यात्रुबाहक माइक्रोको ८ र ९ नम्बर सिटमा बसेका उनीहरुको झोला चेकजाँच गर्दा सो नगद फेला परेको थियो ।


सो रकम अवैध हुन्डी कारोबारको हुनसक्ने एसएसपी अशोक सिंहले बताए । उनले भने–‘ पैसा ल्याउनेहरूले स्रोत खुलाउन सकेका छैनन्, हामी थप अनुसन्धान गरिरहेका छौं ।’ प्रहरीले २६ वर्षीय मालिको साथबाट ४५ लाख र कृष्ण अढाडेको साथबाट ५० लाख बरामद गरेको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया