• २१ असोज २०८३, बुधबार
  • २ः५९ दिउँसो

 धादिङमा जीप दुर्घटना हुँदा ४ जनाको मृत्यु

प्रकाशित मिति

२०७६ असार ६ गते, शुक्रबार ०२:२५

धादिङमा जीप दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ ।

National Life

गल्छी गाउँपालिका ६ को बाझगाउँमा कार्कीगाउँबाट तरकारी लिएर वैरेनीतर्फ आउँदै गरेको बा १८ च ९४०८ नम्बरको जीप सडकबाट २० मिटर तल खस्दा घटनास्थलमा नै ४ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

तरकारी बिक्री गर्न बजार झरेका किसानहरु चढेको जीप दुर्घटना हुदा १० जना घाइतेहरुको धादिङको गल्छी, धार्केका विभिन्न अस्पतालमा उपचार भइरहेको र मृतक र घाइतेको सनाखत  भने भइनसकेको प्रहरीले जनाएको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

चालकले जीप नियन्त्रणमा लिन नसक्दा दुर्घटना भएको प्रारम्भिक अनुसन्धानबाट देखिएको र उक्त दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिकृया