• ३१ भदौ २०८३, बुधबार
  • ८ः२९ राती

रिटेल सेवा र इक्यानबीच बजार मूल्य भन्दा सस्तोमा सेवा सम्झौता

प्रकाशित मिति

२०७८ आश्विन ३ गते, आईतवार ११:०१

३ असोज, २०७८ काठमाडौँ : नेपाल शैक्षिक परामर्श संघ (इक्यान) र ‘सर्भिस माण्डु’ र रिटेल सेवाले सहकार्य गर्ने भएका छन् । इक्यान र सर्भिस माण्डुले बजारमूल्यभन्दा सस्तोमै सेवा उपलब्ध गराउन सहकार्य गर्ने भएका हुन् । दुई कम्पनीबीचको सम्झौतापत्रमा सर्भिस माण्डु र रिटेल सेवाका अध्यक्ष सुरज केसीले र इक्यानका अध्यक्ष प्रकाश पाण्डेले हस्ताक्षर गरे ।

National Life

सम्झौताअनुसार सर्भिस माण्डु र रिटेल सेवाले आफुले दिँदै आएका सेवा इक्यान, इक्यानसँग सम्बन्धित संस्था तथा व्यक्तिलाई छुटसहित उपलब्ध गराउनेछ । त्यस्तै, सर्भिस माण्डु र रिटेल सेवाले इक्यान सदस्य तथा संस्थाहरुलाई उधारो सुविधा तथा इन्स्ट्यान्ट सेवा समेत दिनेछ । सर्भिस माण्डु र रिटेल सेवाका अध्यक्ष केसीले सम्झौताअनुसार इक्यान, इक्यानसँग सम्बन्धित संस्था तथा व्यक्तिलाई छिटो र छरितो सेवा आकर्षक छुटमा प्रदान गरिने जानकारी दिए । उनले छिटो छरितो सेवा दिएर इक्यानको विश्वास जित्ने प्रतिवद्धता जनाए ।


कार्यक्रममा इक्यानका अध्यक्ष पाण्डेले विभिन्न सेवाको सहजताका लागि सर्भिस माण्डु र रिटेल सेवासँग सम्झौता गरेको बताए । उनले सर्भिस माण्डु र रिटेल सेवाबाट गुणस्तरीय र छिटो छरितो सेवा पाउने अपेक्षा गरेको बताए । सर्भिस माण्डु र रिटेल सेवाले अहिले काठमान्डू उपत्यका भित्र आफ्नो सेवा दिईरहेपनि निकट भविष्यमा नेपालभर यो सेवा दिने योजना बनाएको सँस्थाका अध्यक्ष केसीले कार्यक्रममा जानकारी दिए।

Classic Tech Mobile
Classic Tech Desktop

इक्यानमा आबद्द सँस्था र सदस्यलाई छुट र बिशेष सहुलियत भएपनि अन्य ग्राहकहरुले पनि बजार मुल्य भन्दा सस्तो र छिटो आफ्नो सेवा पाउने अध्यक्ष केसीले बताए । कोभिड १९ को समयमा आफुहरुले संस्थागत सामाजिक उत्तरदायित्व निर्वाह गरेको र आगामी दिनमा पनि यो कार्यलाई थप गर्दै अगाडी बढ्ने समेत उनले बताए ।

प्रतिकृया