सडकमा जानुपर्ने हुनसक्छः प्रचण्ड
प्रकाशित मिति
२०७८ भाद्र ३० गते, बुधबार ०३:१०
३० भाद्र, २०७८ काठमाडौँ : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले फेरि सडकमा जानुपर्ने हुनसक्ने बताएका छन् । उनले सडकमा जानुपरे आफ्नो दल र कार्यकर्ता सधै तयार हुनेगरेको समेत बताए । ‘संविधान संशोधनका लागि सडकमा जानुपर्ने हुनसक्छ,’ प्रचण्डले माओवादीका दिवंगत नेता पोष्टबहादुर बोगटीको ७औं स्मृति दिवसमा भने ।
उनले संविधानमा आफूहरुको फरकमत रहेको भन्दै संशोधनमा जोड दिए । संविधान संशोधनका लागि आफूहरुको संघर्ष जारी रहेको बताए । आन्दोलन भनेपछि माओवादीका लाखौं कार्यकर्ता सडकमा उत्रन तयार हुने गरेको समेत बताउ । माओवादी देशको सबैभन्दा विशाल प्रभावशाली पार्टी भएको दाबी गरे । आन्दोलनमा जाने हो भने माओवादीकै सर्वाधिक कार्यकर्ता उत्रने गरेको बताए ।
उनले भने, ‘माओवादीसँग त्यस्तो शक्ति छ कि आन्दोलन भनेपछि लाखौं कार्यकर्ता तयार छन् ।’ देशलाई दुर्घटनाबाट जोगाउन आन्दोलनमा जाँदा माओवादीले सशक्त भूमिका खेलेको बताए । देशलाई प्रतिगमन र प्रतिक्रान्तिबाट जोगाएको उनको भनाई थियो ।






प्रतिकृया