आज सांसदको जिज्ञासाको ५ मन्त्रीले जवाफ दिने
प्रकाशित मिति
२०७६ असार ६ गते, शुक्रबार ०८:३७
काठमाडौं, प्रतिनिधिसभामा विनियोजन विधेयकको मन्त्रालयगत शीर्षकको छलफलमा सांसदले उठाएका जिज्ञासामा शुक्रबार आजदेखि मन्त्रीले जवाफ दिदैछन् । पहिलो दिन पाँच मन्त्रालयका मन्त्रीले जवाफ दिने कार्यसूचि रहेको छ । यसअघि मन्त्रालयगत छलफलको क्रम अनुसार नै जवाफको कार्यसूची तय गरिएको हो । आज भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय, खानेपानी तथा सरसफाइ मन्त्रालय र सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका तर्फवाट विभागीय मन्त्रीले जवाफ दिनेछन् ।
त्यस्तै युवा तथा खेलकुद मन्त्रालय र सहरी विकास मन्त्रालयका तर्फबाट विभागीय मन्त्रीले पनि जवाफ दिने कार्यसूचि छ । विभागीय मन्त्रीहरुले जवाफ दिने क्रम १० गतेसम्म चल्नेछ । मन्त्रीहरूले जवाफ दिने क्रम सकिएपछि विनियोजन विधेयक पारितको प्रक्रियामा जानेछ । विनियोजन विधेयक असार मसान्तसम्ममा पारित भइसक्नु पर्नेछ । बजेटका अन्य आश्रित विधेयक भने क्रमशः पारित हुनेछन् ।
Related
Recent News
- वर्षाका कारण कांग्रेसको बन्द सत्र प्रभावित
- राष्ट्र बैंकले ३० अर्ब रुपैयाँ निक्षेप संकलन गर्दै
- सरकारले ४४ उपसचिवको एकैपटक गर्यो सरुवा
- भोटेकोशी बाढी प्रभावितलाई न्यूनतम १ लाख रुपैयाँ नगद सहायता दिइने
- यस वर्षको दशैंको टीकाको उत्तम साइत कति बजे ?
- कांग्रेस महाधिवेशनमा कस–कसले दिए उम्मेदवारी ? यस्तो छ प्रारम्भिक सूची
- गगन थापाले गरे कांग्रेस सभापति पदमा उम्मेदवारी दर्ता
- दसैंमा नारायणगढ–काठमाडौं सडकखण्डमा ठूला मालवाहक सवारी सञ्चालनमा रोक
- कांग्रेस महामन्त्रीमा प्रदीप पौडेलले दर्ता गरे उम्मेदवारी
- २० मेगावाट सौर्य आयोजनामा माछापुच्छ्रे बैंकको ८० प्रतिशतसम्म लगानी
Crime
- बाढीमा खुशी व्यक्त गर्दै पीडितलाई अपमानजनक भिडियो बनाउने युवक पक्राउ
- स्मार्ट सेल घोटाला प्रकरणमा पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ





प्रतिकृया