• २१ असोज २०८३, बुधबार
  • ३ः०९ दिउँसो

५ औ अन्तराष्ट्रिय योग दिवस

प्रकाशित मिति

२०७६ असार ५ गते, बिहीबार ०६:११

अषाढ ६ गते ५ औ अन्तराष्ट्रिय योग दिवस विगत भन्दा फरक ढङ्गले भव्यतापूर्वक मनाईदै–डा हरि प्रसाद पोखरेल नबराज काफ्ले,०७६ अषाढ ५  नेपाल सरकार शिक्षा,विज्ञान तथा प्रविधि मन्त्रालयको संयोजनमा जुन २१,२०१९(२०७६ अषाढ ६) का दिन ५ औ अन्तराष्ट्रिय योग दिवस विगत भन्दा फरक तरिकाले मनाईने गरि कार्यतालिका तय भएको अन्तराष्ट्रिय योग दिवस तयारी मूल समारोह समितिका प्रमुख व्यक्तित्व डा हरि प्रसाद पोखरेलले अवगत गराउनु भएको छ ।

National Life

दिवसीय तयारी मूल समारोह समितिद्धारा अषाढ ६ गते विहान ठीक ६ः३० बजे रत्नपार्क स्थित शान्ति बाटिकामा जम्मा हुन सम्पुर्ण यौगिक संस्थाहरुलाई आह्वान गरिएको र सो कार्यक्रम प्रभातफेरिको रुपमा बागबजार,पुतलीसडक,सिहंदरबार,भद्रकाली,राष्ट्रिय सभा गृहमा पुगि सभा गृहको प्राङ्गणमा विभिन्न योगाभ्यास एवं प्रवचनका साथ सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीको सम्बोधनका साथ समापन गरिने डा पोखरेलले अवगत गराउनु भएको छ । डा पोखरेलले विगतमा गरिने अन्तराष्ट्रिय योग दिवस कार्यक्रममा सम्पुर्ण योगसाधक एवं शुभचिन्तकहरु सम्पुर्ण समय झरिमा रुजेर दिवस मनाईएको अवस्थालाई नजरअन्दाज गर्दै यसपाली राष्ट्रिय सभा गृह हलको प्राङ्गणमा विभिन्न आर्कषक प्रस्तुतिका साथ दिवसीय कार्यक्रम सम्पन्न गर्ने गरि कार्यक्रम तय गरिएको जानाकारी गराउनु भएको छ ।

विहान करिब १०ः३० बजे सम्पन्न हुने कार्यक्रममा पातञ्जल योग समिति नेपाल,ब्रम्ह्कुमारी राजयोग लगायतका यौगिक संस्थाहरु द्धारा राष्ट्रिय सभा गृहमा संस्थागत यौगिक प्रस्तुति एवं योग सम्बन्धी प्रवचनका साथ मूल समारोह समितिका संयोजक माननीय शिक्षा,विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेल बाट दिवसीय कार्यक्रमको औपचारिक रुपमा समापन गरिने मूल समारोह समतिका सदस्य सचिव एवं सहसचिव कृष्ण प्रसाद काप्रीले अवगत गराउनु भएको छ । काप्रीले सो दिवसीय कार्यक्रममा सहभागीताको लागि सम्पुर्ण यौगिक संस्थाहरुलाई आह्वान समेत गर्नु भएको छ । विश्वभरि योगको लोकप्रियता बढ्दै गएको सन्र्दभमा नेपालमा पनि योग संस्कृतिलाई प्रर्बद्धन गर्न यो योग दिवसीय कार्यक्रम कोशेढुङ्गा सावित हुने अन्तराष्ट्रिय योग दिवस मूल समारोह समितिका सदस्य डा क्षितिज बराकोटी बताउनु हुन्छ ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया