अप्रेशन क्लिन चितवन अभियान : दुई दिनमा ९३ जना लागुऔषध प्रयोगकर्ता पक्राउ
प्रकाशित मिति
२०७६ असार ५ गते, बिहीबार ०४:०४
चितवनमा लागु औषध नियन्त्रणका लागि चितवन प्रहरीले “अप्रेशन क्लिन चितवन अभियान” सुरु गरेको छ ।
जिल्ला प्रहरी कार्यालय चितवनमा आएका नयाँ प्रहरी प्रमुख एसपी दानबहादुर मल्लले दुई अघिबाट “अप्रेशन क्लिन चितवन अभियान” तीव्र पार्नुभएको हो ।
जिल्ला र मातहतका कार्यालयमा एक साथ सुरु गरिएको अभियानको पहिलो दिन जिल्लामा १५ जना र अन्य ठाउँमा गरि ४० जना लागुऔषधका प्रयोगकर्ता युवाहरुलाई पक्राउ गरेको एसपी मल्लले जानकारी दिनुभयो । दोश्रो दिन बुधबार पनि ५३ जनालाई पक्राउ गर्न आफ्नो टिम सफल भएको बताउनुभयो । “चितवनलाई अपराध नियन्त्रणमा अन्र्तराष्ट्रियमा अलग पहिचान दिने सुरुवातमै उद्धघोष गरि सकेको छु एसपी मल्लले भन्नुभयो, अपराधको जड नै लागुऔषधबाट हुन्छ, यसकारण पहिलो प्रथामिकता राख्दै तल्लो तहबाट नियन्त्रण गर्न “अप्रेशन क्लिन चितवन अभियान” हो ।”
अप्रेशन क्लिन अन्र्तगत अन्य अपराध नियन्त्रण र हिसां अन्त्यका कामहरु समेत आफुले गर्ने उहाँको भनाइरहेको छ । अभियान अन्र्तगत एसपीले पक्राउ गरेका ती युवाहरु आफै काउन्सीलिङ्ग गर्नेदेखि चुल्टेहरुको कपाल काट्नेसम्मको काम गरेका छन् ।
उहाँले भन्नुभयो, “अभिभावकहरुले पनि आफ्ना बालबच्चा कहाँ गएका छन्, कस्ता मान्छेको संगत गरेका छन् भन्ने कुरा बुझ्न पर्यो उनले भने, बच्चाहरुको निगरानी गर्न पर्यो, त्यो भयो भने बल्ल लागुऔषध नियन्त्रण हुन्छ ।”
जिल्लामा ६० प्रतिशत लागुऔषधको प्रयोगकर्ता रहेको तथ्याक छ, भने यसलाई शुन्यमा झार्ने गरि आफुहरुले अभियान तीव्र पारेको एसपी मल्लले बताउनुभयो ।
पक्राउ परेका युवालाई एसपी मल्लले आफ्नै कार्यकक्षमा लागेर लागुऔषध नियन्त्रण बारेमा प्रशिक्षणसँगै यसबाट हुने क्षति बारेमा जानकार बनाउने काम गनुभएको छ ।
पक्राउ पर्नेमा १५ देखि २५ बर्षसम्म उमेर समुहका युवाहरु छन् । उनीहरु रातको समयमा र एकान्तमा बसेर लागुऔषध प्रयोग गरिरहको वेला पक्राउ गरिएको प्रहरीको भनाई छ ।






प्रतिकृया