पहिलो भेटमा नै दीपिकाको प्रेममा पागल भएका थिए रणबीर कपूर
प्रकाशित मिति
२०७८ भाद्र १२ गते, शनिबार ११:३४
१२ भाद्र, २०७८ काठमाडौँ : बलिउड फिल्मको रिलको प्रेम कहानीका जोडी अभिनेत्री दीपिका पादुकोण र रणबीर कपूर वास्तविक जीवनमा पनि प्रेममा परेका थिए । दीपिका र रणबीर एकअर्काको प्रेममा पागल भएका थिए । दीपिकाले रणबीरको नाममा ट्याटु पनि बनाएकी थिइन् । तर, उनीहरुबीचको सम्बन्ध टुट्यो ।
उनीहरुको पहिलो भेट बचना ए हसीनोँ फिल्मको सुटिङ हुनुभन्दा पहिले नै भएको थियो । रणबीरको उनीहरुको पहिलो भेटको विषयमा कुराकानी गरेका थिए । रणबीरले ओम शांन्ति ओमुको सुटिङ भइरहेको एक फिल्म स्टुडियोमा भएको थियो । दीपिका ब्रेकमा आफ्नो भ्यानिटी भ्यानमा जाँदा रणबीरले देखेका थिए । पहिलो भेटमा नै रणबीरले दीपिकाको फोन नम्बर खोजेर कल गरेका थिए । त्यसपछि उनीहरु एकअर्कासँग नजिकिएका थिए ।
तर, दुई वर्षपछि उनीहरुको सम्बन्धमा दरार आयो । फिल्म राजनीतिको सुटिङ मा रणबीर कैटरिना कैफसँग नजिक भए । कैटरिनाकै लागि रणबीरले दीपिकालाई धोका दिएका थिए । दीपिकाले रणबीरलाई रंगेहात भेटाएपछि सम्बन्धको अन्त्य गर्ने घोषणा गरेकी थिइन् । एजेन्सी








प्रतिकृया