• १९ असोज २०८३, सोमबार
  • ५ः५९ बेलुका

नवलपरासीमा बाढीले बगाएर दुई जनाको मृत्यु, एक जना बेपत्ता

प्रकाशित मिति

२०७८ भाद्र ११ गते, शुक्रबार ०४:३७

११ भाद्र, २०७८ काठमाडौँ : अविरल वर्षाका कारण आएको बाढीले बगाउँदा नवलपरासीमा दुई जनाको मृत्यु भएको छ । बाढीले बगाएर एक जना बेपत्ता भएका छन् । मृत्यु हुनेमा रामग्राम नगरपालिका–१८ बञ्जरियाका ३७ वर्षीय विनोद प्यासी र उनका छोरा १३ वर्षीय प्रदीप रहेका जिल्ला प्रहरी कार्यालय परासीका प्रहरी नायब उपरीक्षक राजु लामाले बताए । सुनवल नगरपालिका–१४ की एलिसा तामाङ बेपत्ता भएकी हुन् ।

National Life

घरमा बाढी पसेपछि ज्यान बचाउन निस्किँदा खेतमा डुबेर उनीहरूको मृत्यु भएको लामाले जानकारी दिए । उनीहरूको शव केही तल खेतमा फेला परेको थियो । तामाङको अवस्था भने अहिलेसम्म अज्ञात रहेको इलाका प्रहरी कार्यालय सुनवलका प्रहरी निरीक्षक कृष्ण धितालले जानकारी दिए ।


उनलाई पनि बाढीले बगाएको प्रहरीको अनुमान छ । रातिदेखिको भीषण वर्षाले नवलपरासी सदरमुकाम परासी बजार डुबानमा परेको छ । डुबानका कारण परासीका घर र पसलमा बाढी पस्दा लाखौंको क्षति भएको प्रारम्भिक अनुमान छ ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया