• २१ असोज २०८३, बुधबार
  • ३ः०१ दिउँसो

 बाँकेको नरैनापुर गाउँपालिकामा प्रधानमन्त्री रोजगार कार्यक्रम शुरु

प्रकाशित मिति

२०७६ असार ४ गते, बुधबार ०४:०६


बाँकेको नरैनापुर गाउँपालिकामा प्रधानमन्त्री रोजगार कार्यक्रम शुरु शुरु भएको छ ।

National Life

बुधबारदेखि गाउँपालिका–३ कालाफाँटाबाट शुरु गरिएसगै पहिलो चरणमा सिँचाइका लागि पोखरी निर्माण गर्न वडा नं ३ का ४२ जनालाई काममा लगाइएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दलबहादुर बस्नेतले बताए  ।

उनका अनुसार उनीहरुलाई दैनिक रु ५१७ ज्याला दिइनेछ ।  यसैबीच बाँकेमा गरीब घरपरिवार पहिचान तथा गरीब परिचयपत्र वितरण कार्यक्रम सञ्चालन गरिने भएको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारण मन्त्रालयको सहयोग एवम् जिल्ला समन्वय समितिको आयोजनामा सो परिचयपत्र वितरण गर्न लागिएको हो । सो कार्यक्रम हाल प्रदेश नं ५ को बाँके जिल्लामा मात्र लागू गरिने जनाइएको छ ।

प्रतिकृया