• २१ असोज २०८३, बुधबार
  • ३ः०४ दिउँसो

स्रोत नखुलेको भारतीय र नेपाली रुपैयाँसहित ४ युवा पक्राउ

प्रकाशित मिति

२०७६ असार ४ गते, बुधबार ०२:४४

वीरगंज महानगरपालिका—८ घण्टाघरस्थितबाट स्रोत नखुलेको भारतीय ३ लाख ३० हजार ९ सय ९० रुपैयाँ र नेपाली ३१ हजार ३ सय २० रुपैयाँसहित ४ जना युवा पक्राउ परेका छन् ।

National Life

पक्राउ पर्नेहरुमा भारत विहार समस्तीपुर बस्ने ४४ वर्षीय सहदेव महतो, ४९ वर्षीय रामचन्द्र महतो, २४ वर्षीय सहदेव कुमार र पर्सा कालिकामाई गाउँपालिका—२ भेडियाही बस्ने ३० वर्षीय कामेश्वर साह कलवार रहेका छन् ।

उक्त स्थानमा रहेको शर्मा मार्केटमा भारतीय रुपैयाँको अवैध कारोवार हुँदैछ भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीले मंगलबार बिहान पक्राउ गरेको हो ।

Classic Tech Mobile
Classic Tech Desktop

पक्राउ परेकाहरुलाई आवश्यक कारवाहीको लागि आन्तरिक राजस्व कार्यालय पथलैया बारामा पठाइने जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

प्रतिकृया