सभापति देउवाको सभामुखलाई प्रश्नः प्रतिपक्षी दल बोल्न नपाउने यो कहाँ छ संसारमा ?
प्रकाशित मिति
२०७६ असार ४ गते, बुधबार ०१:१९
प्रमुख प्रतिपक्षि दल नेपाली कांग्रेसका सभापति शेरवहादुर देउवाले सभामुखको कार्यक्रममा बोल्न दिने अधिकार प्रतिपक्षी दललाई हुनुपर्नेमा नभएको आरोप लगाएका छन् ।
प्रतिनिधि सभाको बुधबारको बैठकमा बोल्दै सभापति देउवाले संसारमा कहीँ नभएको कुरा यहीँ नेपालमा भएको बताए ।

उनले भने, ‘प्रतिनिधि सभाको बैठकमा जहिले प्रतिपक्षीलाई प्राथमिकता दिनुपर्छ, जहाँ पनि सरकार सत्ता पक्षको हुन्छ तर यहाँ उल्टो भएको छ, सभामुखद्वारा जहिले पनि प्रतिपक्षलाई बोल्न नदिइ सत्तापक्षलाई प्राथमिकता दिइएको छ । यो कहाँ छ संसारमा ?’

सभामुखले बोल्ने समय नदिएको भन्दै उनले भने, ‘हाम्रो काम नै बोल्ने हो, सोध्न पाउने हो, हामी प्रतिपक्ष दललाई बोल्न नदिने हुन्छ ? हामीले मागहरु राख्न पाउँछौ ।
यसमा किन सत्तापक्षिलाई मात्रै बोल्न दिइन्छ , यो कहाँको नियम हो ।’सभापति देउवाले हिजो भन्दा आज नेपाली कांग्रेस शसक्त भएर आएकाे पनि बताएका छन् ।




प्रतिकृया