भक्तपुर अस्पतालमा आकस्मिक बाहेकका सम्पूर्ण स्वास्थ्य सेवा अनिश्चितकालीन बन्द
प्रकाशित मिति
२०७६ असार ४ गते, बुधबार ०१:०७
विभिन्न पेशागत मागहरु राखेर भक्तपुर अस्पतालका कर्मचारीले आजबाट आकस्मिक बाहेकका सेवा अनिश्चितकालीन बन्द गराएका छन् ।
सेवा बन्द हुँदा अस्पतालमा जाँचका लागि आएका सयौँ बिरामी प्रभावित भएका छन् ।

भक्तपुर अस्पतालका विकास समितिअन्तर्गतका २४ जना कर्मचारीले मागको सुनुवाई नभएको भन्दै अस्पतालको आकस्मिक बाहेकका सेवा अनिश्चितकालीन बन्द गराएका हुन् ।


आन्दोलित कर्मचारीले कल्याणकारी कोषको १० प्रतिशत, महङ्गी भत्ता, लुगा भत्ता, बिदा र ग्रेडलगायतका सुविधा नियमितरुपमा पाउनुपर्ने मागसँगै अस्पतालमा अन्य विभिन्न सेवाहरु विस्तार हुनुपर्ने मागसमेत राखेको कर्मचारी संर्घष समितिका अध्यक्ष मदन देउजाले बताए ।
अस्पतालका मेडिकल सुपरीटेन्डेण्ट डा. सुधा देवकोटाले कर्मचारीले पाइरहेका सेवा सुविधा नकाटेको बताइन् । उनले भनिन्, “अस्पतालमा कार्यरत सबैले स्थायी कर्मचारीले पाउने सेवा सुविधा सबै पाइरहेका छन् ।

कर्मचारीले अस्पतालमा बायस्पी सेवा यथाशीघ्र सञ्चालन हुनुपर्ने, स्वास्थ्य बीमाको औषधि समयमै उपलब्ध गराउनुपर्ने, भिटामिन डी परीक्षण सेवा शुरु गर्नुपर्ने, सुत्केरी अपरेशन सेवा २४ घण्टा सञ्चालन हुनुपर्ने, पीटीए र एनपीएल सेवा विस्तार गर्नुपर्ने, मुटु रोगसम्बन्धी जाँच हुनुपर्ने, इण्डोस्कोपी, इको र यूएसजी सेवाका लागि थप सेवाको व्यवस्था गर्नुपर्ने र अस्पतालमा खानेपानी तथा सरसफाइको व्यवस्था तत्काल गर्नुपर्ने मागसमेत राखेका छन् ।
आन्दोलित कर्मचारीले आफ्नो मागसँगै अस्पतालमा अन्य विभिन्न सेवाहरु विस्तार हुनुपर्ने मागसमेत राखेका छन् ।




प्रतिकृया