• ३१ भदौ २०८३, बुधबार
  • ८ः२८ राती

आज सुनचाँदीको बजार भाउ ?

प्रकाशित मिति

२०७८ श्रावण ३२ गते, सोमबार १२:११

३२ साउन, २०७८ काठमाडौँ : सोमबार नेपाली बजारमा सुनचाँदीको मूल्य स्थिर जस्तै छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत आइतबार एकैदिन अधिकतम एक हजार रुपैयाँले बढेर ९२ हजार ७०० रुपैयाँ पुगेको सुनको मूल्य आज एक सय रुपैयाँले घटेर ९२ हजार ६०० रुपैयाँमा झरेको हो ।

National Life

यस्तै, गत आइतबार प्रतितोला २० रुपैयाँले बढेर एक हजार २०५ रुपैयाँ पुगेको चाँदी आज सोमबार प्रतितोला ५ रुपैयाँले घटेर एक हजार २०० रुपैयाँ कायम भएको छ । यता तेजाबी सुनको मूल्य भने गत आइतबारको मूल्य एक सय रुपैयाँले घट्दै सोमबार ९० हजार १०० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

प्रतिकृया