• २१ असोज २०८३, बुधबार
  • २ः५२ दिउँसो

संखुवासभामा वर्षा र पहिरोका कारण सडक अवरुद्ध

प्रकाशित मिति

२०७६ असार ४ गते, बुधबार १०:५९

संखुवासभाका केहि ठाउँहरुमा निरन्तर वर्षा र पहिरोका कारण सडक अवरुद्ध भएको छ ।

National Life

निरन्तर वर्षाका कारण खाँदबारी–भोटखोला सडकअन्तर्गत सुम्माभिरमा आवत–जावत बन्द भएको छ । मकालु, चिलिला गाउँपालिका र खाँदबारी नगरपालिकामा ठूलो क्षति पुर्‍याएको छ ।

सडकको माटो बगाएपछि चिचिला गाउँपालिका–४ स्थित सुम्माभिरदेखि कप्तानेसम्म करिव तीन किलोमिटर सडकखण्ड अवरुद्ध भएको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

अहिलेसम्म मानवीय तथा पशु–चौपायाको क्षति नभएपनि वर्षा र पहिरोले ठूलो क्षति निम्याएको जिल्ला प्रहरी कार्यालय संखुवासभाले बताएको छ ।

 सोमबार साँझ परेको भारी वर्षाले अरुण नदीको बहाव निकै बढ्यो । त्यसयता, बाढी र पहिरोले ठूलो क्षति पुर्‍याएको छ ।
प्रहरीका अनुसार केही दिनदेखि उत्तरी क्षेत्रमा अविरल वर्षा भइरहेको थियो ।

 

प्रतिकृया