• १७ असोज २०८३, शनिबार
  • १२ः५१ दिउँसो

थप २६२४ जनामा कोरोना संक्रमण, २० जनाको मृत्यु

प्रकाशित मिति

२०७८ श्रावण ३० गते, शनिबार ०४:५६

३० साउन, २०७८ काठमाडौँ : नेपालमा पछिल्लो चौबीस घन्टामा थप २ हजार ६२४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार ८ हजार ६६७ पीसीआर परीक्षण गर्दा १ हजार ९४७ जना र ४ हजार ९०६ एन्टिजेन परीक्षण गर्दा ६७७ जनामा संक्रमण पुष्टि भएको हो।

National Life

यस्तै गत २४ घण्टामा देशभर २० जना संक्रमितको मृत्यु भएको छ। यससँगै देशभर हालसम्म कोभिडबाट मृत्यु हुनेको संख्या १० हजार २५९ पुगेको छ। देशभर हालसम्म ३९ हजार ४०५ जना सक्रिय संक्रमित छन्। शनिबार १ हजार ३२० जना संक्रमणमुक्त भएका छन्।

प्रतिकृया