• ३ असोज २०८३, शनिबार
  • ८ः४१ राती

प्रदेश १ र वाग्मती प्रदेशमा ‘भारी वर्षा’ को सम्भावना

प्रकाशित मिति

२०७८ श्रावण २४ गते, आईतवार ०७:५६

२४साउन, २०७८ काठमाडौँ :  ठमाडौँ– मनसुनी वायुको प्रभावले आज पनि देशका अधिकांश स्थानमा वर्षा भइरहेको छ । मौसम पूर्वानुमान महाशाखाकाले बिहान ६ बजे जारी गरेको सूचनानुसार हाल देशका अधिकांश भू(भागमा सामान्यदेखि पूर्ण बदलीको अवस्था छ । अहिले वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा हल्का वर्षा भइरहेको छ ।

National Life

आज दिउँसो देशका अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ भने राति प्रदेश १ र वाग्मती प्रदेशका एकाध ठाउँमा मेघगर्जनरचट्याङसहित भारी वर्षाको सम्भावना रहेको छ ।


यस्तो छ तीन दिनको पूर्वानुमान

Classic Tech Mobile
Classic Tech Desktop

श्रावण २४ गते आईतबार

दिउँसो : देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। राति : देशभर सामान्यदेखि पूर्ण बदली रही केही स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १ र वाग्मती प्रदेशको एक वा दुई स्थानमा मेघगर्जन रचट्याङसहित भारी वर्षाको सम्भावना रहेको छ ।


श्रावण २५ गते सोमबार

दिउँसो : देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश नं १ को एक वा दुई स्थानमा मेघ गर्जनरचट्याङसहित भारी वर्षाको सम्भावना रहेको छ ।


राति : देशभर सामान्यदेखि पूर्ण बदली रही केही स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।


श्रावण २६ गते मंगलबार

दिउँसो : देशभर सामान्यदेखि पूर्ण बदली रही केही स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । वाग्मती प्रदेशको एक वा दुई स्थानमा मेघगर्जनरचट्याङसहित भारी वर्षाको सम्भावना रहेको छ ।


राति : देशभर सामान्यदेखि पूर्ण बदली रही केही स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश नं १ को एक वा दुई स्थानमा मेघगर्जन रचट्याङसहित भारी वर्षाको सम्भावना रहेको छ ।

प्रतिकृया