• ३२ साउन २०८३, सोमबार
  • १०:०२ बेलुका

म फिल्ममा पूर्ण विश्वास गर्छु : अभिनेता सलमान

प्रकाशित मिति

२०७६ असार २ गते, सोमबार ०४:४२

 

बलिउड अभिनेता सलमान खानको फिल्म ‘भारत’लाई समीक्षकले मिश्रित प्रतिक्रिया दिएका छन् ।

Kamana Sewa

सलमानले हालै एक अन्तर्वार्तामा भनेका छन, ‘मेरो लागि मेरो सबै फिल्मको सफलता महत्त्वपूर्ण हुन्छ । ‘भारत’ एक यस्तो फिल्म हो, जसका लागि हामीले एकदमै मेहनत गरेका छौं । यो मेरो हरेक फिल्मसँग हुन्छ ।

Classic Tech Desktop

कोइमोइ डटकमका अनुसार, सलमानको ‘भारत’ ले प्रदर्शनको १० औं दिनमा मात्र ६ करोडको व्यापार गर्‍यो । फिल्मले हालसम्म भारतबाट कुल १९४ करोडको व्यापार गरेको छ । अली अब्बास जफरले निर्देशन गरेको फिल्ममा सलमान खान, अलावा कैटरीना कैफ, सुनील ग्रोवर, ज्याकी श्राफ, दिशा पाटनी, तब्बू र आसिफ शेखलगायतका कलाकारहरुको अभिनय छ ।

५ जूनमा रिलिज भएको भारतले ओपनिङ डेमा रेकर्ड ब्रेकिङ कमाई गरेको थियो । पाँच दिनमा डेढ सय करोडको आँकडा पार गरेको फिल्मको कमाईमा अहिले लगातार गिरावट आएको छ ।

प्रतिकृया