एन आर एन.को गरिमालाई उच्च बनाउन कृयाशिल हुने : क्षमता ढकाल
प्रकाशित मिति
२०७६ असार २ गते, सोमबार ०३:४६
पैसाले मानिसको भावना मन किन्न सकिदैन, बिचार सिद्दान्त भएको नेतृत्व निर्माण गर्न, एन आर एन.को गरिमालाई उच्च बनाउन कृयाशिल हुने .
लण्डन । यावत विध्यमान समस्याहरुका वावजुध पनि एन आर एन ए प्रवासीहरुको निर्विकल्प साझा संस्था हो। पार्टीका भातृसंगठनहरुको जतिनै ठूलो संख्या भए पनि, जत्रो सुकै कार्यक्रम आए पनि सवै को साझा र छाता संघठन एन आर एन ए नै हो जहाँ जो सुकै धर्म, जात, राजनैतिक विचार, क्षेत्रका मानिसहरु बिना भेदभाव अटाऊन सक्छन।
गैरआवासीय नेपाली संघको राष्ट्रिय समन्वय परिषद (एनआरएनए एनसीसी) हरुको अधिबेशन नजिकिदै गर्दा बेलायती समाज मा नेपाली क्षमता ढकालले एनआरएनए एनसीसी बेलायतको महिला संयोजकमा दावी गरेकी छन्।
आउँदो सेप्टेम्बर १४ मा निर्वाचनमाँ समाजसेवी क्षमता ढकालले महिला संयोजक पदमा उम्मेद्धारी दिने भएकि छन् । उनि बेलायतको नेपाली समाजमा समाजसेवी भूमिमा परिचित नारी हुन् ।
मानव अधिकार र एनआरएनएका बिषयमा आवाज उठाउने ब्यक्तिहरुले यस्तै व्यक्तिहरुलाई खोजी गर्दै नेतृत्वमा र्पुयाउन एउटा साझा प्लेटफर्मको खोजी गरीरहेका हुन्छन। त्यसै क्रममा एनआरएनए एनसीसी युकेको अधिबेशनमा महिला संयोजकको उमेदवार गराएको छ ।
जहाँ नेपाली का लागि नेपाली भन्ने मुल मर्मलाई मनमा राखेर सामाजिक काममा जो सुकै पनि लाग्न सक्छन। यस्तो पवित्र ऊदेश्य वोकेको संस्थामा समाजसेवी क्षमता ढकालले सदस्य किनेर जित्ने नभई मान्छेको भावना जितेर उमेदवारी जित्ने दाबि गरेकी छिन ।
उनले बेलायतमा नेपाली समुदायको जनसंख्या कति छ, सम्पुर्ण बिवरण एन.आर.एन.सँग हुनुपर्दछ भन्ने कुरा मात्रै होईन काम गरेर देखाउने बताएकि छिन।
उनी भन्छिन, “एन आर एन ए भन्ने बित्तिकै सबैले धेरै पैसा र्खच गरेर सदस्य किन्ने र जनताको आखाँमा छारो हाल्ने काम गर्छन भन्ने आउछ तर म स्वच्छ मनले कार्य गरेर देखाउने छु । उनी यस गलत धारणा परिर्बतन गरि एक सबल महिला संयोजकमा रहि सकारात्मक अठोटका साथ अघि बढने उनको लक्ष्य रहेको छ ।”
पैसाले मानिसको भावना मन किन्न सकिदैन, बिचार सिद्दान्त भएको नेतृत्व निर्माण गर्न, एन आर एन.को गरिमालाई उच्च बनाउन कृयाशिल हुने उनको जोड रहेको छ ।
नेपाली कला संस्कृतिको बिकास एंव विबीध रचनात्मक कार्यक्रम गरेर प्रतिभाहरुको सम्मान हुन्छ भन्ने कुरालाई बोध गराउन संस्थाको आबस्यकता र महत्वलाई र्उजागर गर्ने उनको सोच रहेको छ ।
यसैगरी नारी पुरुष समान हुन ,सामाजिक व्यक्तित्व निर्माण गर्दै नारि अगाडी बढ्नु जरुरी छ , नारी आबाज मुख पत्र प्रकाशन गर्ने भन्दै एन आर एन मार्फत देखाइएका सपना सबै पुरा हुने उनले बताएकि छिन ।
उनी भन्छिन, ” एन आर एन ए लाई एऊटा मन्दिर, गुम्वा, चर्च वा मश्जिद मानेर आफ्नो राजनिती, जुता चप्पल मन्दिरको ढोका वाहिर खोले झै एन आर एन मा स्वच्छ मनले आऊनु पर्छ र स्वच्छ भावनाले काम गर्नु पर्छ यसमा नै एन आर एन ए संस्था र सम्पुर्ण नेपालीको कल्याण छ। ”
सबैको चाहना छ, टुटेका फुटेका एक हुन । एन आर एन ए ले जनता ढाट्ने र बेबकुफ मात्र गराउने काम नगर्ने उनको दाबि रहेको छ।






प्रतिकृया