• ६ असोज २०८३, मंगलबार
  • १०ः१७ बिहान

मादक पदार्थ सेवनपछि भएको पारिवारिक झगडामा पाँच महिने बालिकाको हत्या

प्रकाशित मिति

२०७८ श्रावण १० गते, आईतवार ११:४७

१० साउन, २०७८ काठमाडौँ : नवलपरासी (बर्दघाट–सुस्तापूर्व) मा मादक पदार्थ सेवन गरेर झगडा गर्दा पाँच महिने शिशु (बालिका) को हत्या भएको छ । नवलपुरको देवचुली–६ मिर्तुङमा मादक पदार्थ खाएर भएको पारिवारिक झगडामा पाँच महिने बालिकाको ज्यान गएको हो ।

National Life

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक दिलीपकुमार गिरीले शुक्रबार देवचुली–६ बस्ने कर्णबहादुर सारुले मादक पदार्थ सेवन गरि आफ्नै मामा पदमबहादुर बाह्रघरेसँग झगडा गर्ने क्रममा मामाकी पाँच महिने छोरी धनमाया बाह्रघरेलाई उचालेर घरको पिँढीमा फालेका थिए ।


पिँढीमा फालिएर गम्भीर घाइते भएकी बालिकाको उपचारका क्रममा शनिबार स्थानीय प्राथमिक स्वास्थ्य केन्द्र दुम्कौलीमा ज्यान गएको गिरीले बताए । घटनामा संलग्न सारुलाई शनिबार नियन्त्रणमा लिई कर्तव्य ज्यान कसुरमा मुद्दा अगाडि बढाइएको गिरीले जानकारी दिए । -रासस

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया