• ४ असोज २०८३, आइतबार
  • ५ः५५ बिहान

खोलाले बगाएर बेपत्ता एक जना मृत फेला

प्रकाशित मिति

२०७८ असार २५ गते, शुक्रबार ११:२४

काठमाडौँ : खोला तर्ने क्रममा बिहीबार बगाएर बेपत्ता भएका तनहुँका मैते नेपाली आज बिहान मृत फेला परेका छन् । जिल्लाको म्याग्दे गाउँपालिका–४ घुम्ती नजिकको खहरे खोला तर्ने क्रममा स्थानीयवासी ४५ वर्षीय नेपालीलाई बगाएर बेपत्ता बनाएको थियो ।

National Life

बुधबार साँझदेखि परेको अविरल वर्षाका कारण वारको पार भएको खोला तर्ने क्रममा बगाएर बेपत्ता बनाएपछि खोजतलास गरिए पनि भेट्टाउन सकिएको थिएन ।


आज बिहानदेखि नै नेपाल प्रहरी र स्थानीयवासीको सक्रियतामा खोजी गर्दै जाँदा बगाएको स्थानबाट करिब एक किलोमिटर दूरीमा शव फेला परेको तनहुँका प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सिनाले जानकारी दिए । -रासस

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया