• १९ असोज २०८३, सोमबार
  • ६ः५४ बेलुका

विदेशमा गरेकोभन्दा नेपालमै गरेको मिर्गौला प्रत्यारोपण राम्रो भयो : प्रधानमन्त्री ओली

प्रकाशित मिति

२०७८ असार २४ गते, बिहीबार ०६:४४

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले देशले विज्ञान प्रविधिको क्षेत्रमा फड्को मारेकै कारण आफ्नो दोस्रो मृगौला प्रत्यारोपण स्वदेशमै सफल भएको बताएका छन् । विदेशमा गरेको पहिलो प्रत्यारोपणभन्दा स्वदेशमा गरेको दोस्रो प्रत्यारोपण बढी सहज र प्रभावकारी बनेको उनले सुनाए ।

National Life

नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) द्वारा आयोजित एक कार्यक्रममा ओलीले भने, ‘हाम्रा डाक्टरहरु अलि सुरा जस्तो लाग्यो । बाहिरका डाक्टरहरुले केही समय डायलाइसिसमै बस्नुपर्ने जस्तो कुरा गरेका थिए । यहाँका डाक्टरले हामी गर्छौं भने ।’


पहिलोपटक प्रत्यारोपण गर्दा बारम्बार संक्रमणहरुले सताउने गरे पनि दोस्रोपटकको प्रत्यारोपणपछि भने त्यस्तो समस्या झेल्नु नपरेको पनि उनले बताए । प्रत्यारोपण गरेको १२र१३ दिनमै कार्यक्रममा भाग लिन थालेको ओलीको भनाइ थियो ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया