• १७ असोज २०८३, शनिबार
  • २ः२७ राती

भरुवा बन्दुकसहित सिकारी पक्राउ

प्रकाशित मिति

२०७८ असार २४ गते, बिहीबार ०५:४५

दाङ : दाङ प्रहरीले भरुवा बन्दुकसहित सिकारीलाई पक्राउ गरेको छ । अवैध घरेलु हतिहार भरुवा बन्दुक लिई दंगीशरण गाउँपालिकाको तिलकन्या सामुदायिक वनमा सिकार खेल्न हिँडिरहेको अवस्था प्रहरी विहिवार दिउँसो दंगीशरण गाउँपालिका वडा नं.२ निवासी २४ बर्षीय मेघराज पुनमगरलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायव उपरिक्षक एव प्रवक्ता मुकुन्द प्रसाद रिजालले जानकारी दिएका छन् ।

National Life

गोप्य सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय तुलसीपुर र प्रहरी चौकी गोल्टाकुरीको संयुक्त प्रहरी टोलीले सामुदायिक वनको ड्वाङड्वाङे चौरमा घरेलु हतियार भरुवा बन्दुक बोकी हिँडिरहेको अवस्थामा पक्राउ गरेको थियो । पक्राउ परेका पुन मगरमाथि थप आवश्यक अनुसन्धान कार्य भई रहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

प्रतिकृया