• ३ असोज २०८३, शनिबार
  • ३ः१२ दिउँसो

रामचन्द्र फकाउँदै शेखर

प्रकाशित मिति

२०७८ असार १५ गते, मंगलवार ०७:४५

काठमाडौं : नेपाली कांग्रेसको १४औं महाधिवेशनको माहोल अघि बढेसँगै नेताले भेटघाटलाई तीव्रता दिएका छन् । गत ४ असारमा बसेको कांग्रेस केन्द्रीय समिति बैठकले महाधिवेशनको नयाँ मिति अनुमोदन गरेसँगै कांग्रेसभित्र महाधिवेशनको सरगर्मी बढ्दै आइरहेको छ ।

National Life

सोमबार कांग्रेस नेता डा शेखर कोइराला वरिष्ठ नेता रामचन्द्र पौडेललाई भेट्न बोहोराटारस्थित पौडेल निवास पुगेका छन् । पार्टी नेतृत्वका लागि आकांक्षा देखाउँदै आइरहेका कोइरालाले आगामी महाधिवेशनमा आफूलाई सभापतिमा सघाउन पौडेललाई आग्रह गरेका हुन् ।


तर, नेता पौडेलले भने आफूलाई पनि एकपटक पार्टी सभापति बन्ने चाहना रहेको भन्दै यसपटक आफूलाई सघाएर अर्कोपटकका लागि मैदानमा उत्रने गरी वातावरण बनाउन आग्रह गरे ।

Classic Tech Mobile
Classic Tech Desktop

‘शेखर डाक्टर साबले सभापतिमा सघाउनुस् भनेर भन्नु भयो, वरिष्ठ नेताले पनि मलाई एकपटक सघाउनुस् भनेर आग्रह गर्नुभयो, धेरै कुरा क्रियाशील सदस्यतामा केन्द्रित भयो,’ बोहोराटार स्रोतले भन्यो ।


नेता पौडेल र कोइरालाबीचको अन्य पार्टीबाट कांग्रेस प्रवेश गरेका नवप्रवेशीलाई क्रियाशील सदस्यता दिने नाममा मनपरी भएको भन्दै निगरानी बढाइनुपर्ने विषयमा पनि छलफल भएको थियो ।


यसअघि गत शुक्रबार पौडेल समूहले वसुन्धारास्थित दियालो फुडल्यान्डमा गरेको आफू निकट नेताको छलफलमा समेत क्रियाशील सदस्यताको विषयमा गम्भीर हुनुपर्ने विषय उठेको थियो । राजधानी दैनिकबाट

प्रतिकृया