• ६ असोज २०८३, मंगलबार
  • ८ः५६ राती

ओलीले माधव नेपाललाई भने-लाजशरम पचेको मान्छे

प्रकाशित मिति

२०७८ असार १४ गते, सोमबार ०१:२९

काठमाडौँ : प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीका वरिष्ठ नेता माधवकुमार नेपाल नेपाली कांग्रेसको पछि कुदेको आरोप लगाएका छन् । आफ्नो सरकार ढाल्ने र कम्युनिष्ट आन्दोलन सिध्याउने भन्दै नेपाललाई उनले ‘लाजशरम पचेको मान्छे’को संज्ञा दिएका छन् ।

National Life

बालुवाटारमा आयोजित एक कार्यक्रममा ओलीले भने, ‘माधव नेपाल भन्ने एकजना कांग्रेसका पछि कुद्ने मान्छे छन् । नेपालको राजनीतिमा सबैले चिन्लान् । यतिसम्म पनि मान्छे पतन हुँदा रहेछन् ।


आफ्नो सरकार ढाल्ने, कम्युनिष्ट आन्दोलन सिध्याउने, विपक्षी पार्टीका नेतालाई प्रधानमन्त्री बनाउने हिँड्ने, अनि नेकपा एमालेको वरिष्ठ नेता भन्ने । यस्तो लाजसरम पचेको मान्छे ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया