• ६ असोज २०८३, मंगलबार
  • ९ः०९ बिहान

कांग्रेस नेतृत्वमा १२ को दाबी

प्रकाशित मिति

२०७८ असार १२ गते, शनिबार ०७:१७

काठमाडौं : नेपाली कांग्रेसको सभापतिका लागि १२ जनाले दाबी गरेका छन्। वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षमा मात्रै ८ जना दाबेदार छन्। सभापति शेरबहादुर देउवा पक्षमा देउवासहित विमलेन्द्र निधि र गोपालमान श्रेष्ठको दाबी छ। कृष्णप्रसाद सिटौलासमेत सभापतिको चर्चामा छन्।

National Life

शुक्रबार भएको पौडेल पक्षको भेलामा ८ जनाले सभापतिका लागि दाबी गरेका छन्। स्वयं पौडेल, महामन्त्री डा। शशांक कोइराला, पूर्वमहामन्त्री प्रकाशमान सिंह, डा। शेखर कोइराला, सुजता कोइराला, अर्जुननरसिंह केसी, डा। रामशरण महतले दाबी गरेका छन्। यस्तै युवा नेता कल्याण गुरुङले पनि आफू सभापतिको उम्मेदवार हुने घोषणा गरे।


पौडेलले आफू एक पटक मात्रै चुनाव लड्ने भन्दै सहयोगका लागि आग्रह गरेका छन्। अब देउवा र पौडेलबाट नचल्ने भएकाले आफूलाई उम्मेदवार बनाउन अन्य नेताले आग्रह गरेका छन्। डा।शेखर कोइरालाले विगत लामो समयदेखि सभापतिका लागि भन्दै अभियान नै सञ्चालन गरिरहेका छन्।

Classic Tech Mobile
Classic Tech Desktop

आगामी १४ औं महाधिवेशनमा आफ्नो समूह एक भएर जानुपर्ने विषयमा पौडेल पक्षको भेलामा छलफल भएको थियो। आफ्नो समूह एक भएर चुनाव लड्नुपर्छ भन्ने विषयमा छलफल भएको नेता गुरुङले बताए। उनले भने, ‘तर निचोडमा पुगेको छैन, छलफल जारी छ।’ उनले जनचाहनाअनुसार नै युवा नेतृत्व गरेर आफू चुनावमा जाने बताए।


आगामी महाधिवेशनमा ५० प्रतिशत नयाँ महाधिवेशन प्रतिनिधि आउने भएकाले आफूलाई जित्न सजिलो हुने उनको दाबी छ। ‘५० प्रतिशत महाधिवेशन प्रतिनिधि नयाँ आउँछन्, पुराना राजनीतिक नियुक्तिलगायतका विषयमा भएको काखापाखाले नेतृत्वसँग रुष्ट छन्,’ उनले भने।


पौडेल पक्षको भेलामा क्रियाशील सदस्यताको छानबिनको कस्तो मापदण्ड बनाउने भन्ने विषयमा छलफल भएको युवा नेता गुरुङले जानकारी दिए। यो समाचार अन्नपूर्ण पोस्टमा छ ।

प्रतिकृया