• ६ असोज २०८३, मंगलबार
  • ११ः२१ बिहान

नीलकण्ठ ना.पाले आ. वका लागि १ अर्व २ करोड १२ लाख ७७ हजार ५२५ रुपैँया बजेट सार्वजनिक

प्रकाशित मिति

२०७८ असार ७ गते, सोमबार ०६:१७

पवित्रा थापा मगर
काठमाडौँ :
नीलकण्ठ नगरपालिकाले आगामी आर्थिक वर्ष २०७८/०७९ का लागि कुल १ अर्व २ करोड १२ लाख ७७ हजार ५ सय २५ रुपैँया सार्वजनिक गरेको छ ।

National Life

आज बसेको नवौँ नगरसभाको बैठकमा नीलकण्ठ नगरपालिकाका उप– प्रमुख मनराज भण्डारीले कोरोना नियन्त्रण तथा रोकथाम र उपचारलाई प्राथमिकतामा राखेर आर्थिक वर्ष २०७८/०७९ का लागि बजेट सार्वजनिक गरेको हो । नगरपालिकाले आगामी आर्थिक वर्षका लागि पूँजीगत तर्फ २८ करोड २० लाख ५२ हजार ५ सय २५ र चालुतर्फ ७३ करोड ९२ लाख २५ हजार रुपैँया बजेट विनियोजन गरेको छ ।


कोभिड प्रतिकार्य तथा विपद् व्यवस्थापनलाई प्राथमिकतामा राखेर ल्याएको बजेटमा गरिबी निवारण तथा खाद्य सुरक्षा, स्वास्थ्य, शैक्षिक विकास तथा सुधार, लैङ्गिक तथा सामाजिक समावेशीकरण र लक्षित वर्ग, खानेपानी तथा सरसफाई, स्वरोजगारी तथा आर्थिक विकास, दलित तथा विपन्न वर्ग, पुर्वाधार विकास, वातावरण संरक्षण तथा जलवायु परिवर्तन, युवा खेलकुद तथा नवप्रवर्तन, सुचना तथा संचार प्रविधि, कला साहित्य र संस्कृति, शुसासन लगायतलाई प्राथमिकतामा राखेर बजेट ल्याइएको नगर प्रमुख भीमप्रसाद ढुङ्गानाले जनाए ।

Classic Tech Mobile
Classic Tech Desktop

त्यस्तै नगरपालिकाको आगामी १० वर्षको एकीकृत शहरी विकास गुरुयोजनाले निर्दिष्ट गरेको लक्ष्य एवं विकासलाई मुख्य विषयका रुपमा समेटिएको समेत उनले जनाए ।

प्रतिकृया