• १३ असोज २०८३, मंगलबार
  • २ः१२ दिउँसो

एनएमबि बैंकको बचतमा सर्वाधिक ब्याज, अनलाइनबाटै खाता खोल्न सकिने

प्रकाशित मिति

२०७८ असार ४ गते, शुक्रबार १२:३२

काठमाडौँ : हाल साना निक्षेपकर्तालाई बचतमा न्युन ब्याज प्राप्त भई लगानीको प्रतिफल सन्तोषजनक नरहेको अवस्थामा सबै वर्गलाई समेट्ने गरी निक्षेपमा एनएमबि बैंकले सबैभन्दा बढी ब्याज प्रदान गरिरहेकोे छ ।

National Life

बचत खातामा उच्च ब्याज प्रदान गर्दै आएको एनएमबि बैंकले अहिले आफ्ना ग्राहकहरुलाई बचत खातामा उच्च ब्याज प्रदान गर्ने उद्देश्यले ५।६० प्रतिशतसम्म वार्षिक ब्याजदर तोकेको छ जुन बाणिज्य बैंकहरुले प्रदान गरिरहेको मध्येकै सर्वाधिक ब्याज भएको दावी बैंकको छ । बैंकले मुद्दतीमा भने ८.३० प्रतिशतसम्म वार्षिक ब्याज प्रदान गर्ने उल्लेख गरेको छ ।


‘हाल मुख्यतया बैंकहरुले कर्जा सापटीमा केन्द्रित रहेकोे देखिएता पनि एनएमबिले भने स–साना निक्षेपकर्ताहरुलाई मर्का नपरोस् भन्ने उद्देश्यले बचतमा अधिकतम ब्याजको योजना अघि सारेको हो’ बैंकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया