• २१ असोज २०८३, बुधबार
  • २ः५२ दिउँसो

गुठी विधेयकले भूमाफिया र सामन्तहरुको मुटु हल्लियो : सह-संयोजक पौडेल

प्रकाशित मिति

२०७६ जेष्ठ ३० गते, बिहीबार ०४:०२

युवा संघ नेपालका सहसंयोजक रमेश पौडेलले गुठी विधेयकले भूमाफिया र सामन्तवादीहरुको मुटु हल्लीएको बताउँदै भूमाफियाले कुनै पनि हालतमा नजित्ने बताउनुभएको छ ।

National Life

गुठी विधेयक विरुद्ध मधेसवादी दलभित्रका केही पहाडी अनुहारहरुले आन्दोलन थालेको र उनीहरुका पछाडि नेपाली कांग्रेस लाग्नु अनौठो लागेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, ‘कुनै न कुनै बहानामा उनीहरुलाई आन्दोलन गर्नु थियो, आन्दोलन पनि जातीय धार्मिक सदभाव विथोल्ने खालको गर्नु थियो, उनीहरुले गुठी विधेयकलाई बहाना बनाए । तर मलाई अचम्म लागेको छ । उनीहरुले गुठी विधेयक धर्म संस्कृति र जातजाति विरोधी छ भनेर यति धेरै भ्रम फैलाइरहेका छन् कि जनताको एउटा तप्का भ्रमित हुन थालेको छ । उनीहरुले विधेयकका खासखास टुक्रा निकालेर नकारात्मक ढंगले प्रचार गरिरहेका छन् । म सबैलाई विधेयक पढ्न अनुरोध गर्छु ।’

एभरेष्ट मिसनसँग कुरा गर्दै कतिपय राजनीतिक दल तथा अन्य व्यक्ति वा संस्थाहरुले झुटको खेती गरिरहेको बताउँदै भन्नुभयो, ‘गुठी विधेयक मैले पूरै पढें । राष्ट्रिय सभामा दर्ता भएको छ । सार्वजनिक भइसकेको दस्तावेजका बारेमा समेत यति झुठ कुरा गरेर सर्वसाधारणलाई भ्रममा पार्ने प्रयास देखेर म छक्क परेको छु ।’

Classic Tech Mobile
Classic Tech Desktop

०४१ सालदेखि ०६४ साल बीचमा ११ लाख विगाहा जग्गा गुठीबाट रैतानीमा परिणत गरिएको तथ्यांक प्रस्तुत गर्दै पौडेलले भन्नुभयो, ‘गुठी प्राधिकरण बनाइएपछि गुठी जग्गा लुट्न नपाइने भयो । यसबाट भूमाफियाहरु पीडित हुने भए । त्यसैले भूमाफियाहरुले गुठी विधेयक खासगरी काठमाडौंको नेवार समुदाय विरोधी छ भनेर दुष्प्रचार गरिरहेका छन् ।

नेपालमा कांग्रेसले गुठी जग्गा स्वाहा पारेको दावी गर्दै उहाँले भन्नुभयो, ‘०५८ सालमा शेरबहादुर देउवा प्रधानमन्त्री तथा भूमिसुधार मन्त्री थिए, उनले एक सय ६० रुपैयाँ तिरेर गुठी जग्गालाई रैतानीमा परिणत गर्न सकिने व्यवस्था ल्याए । उनको पालामा ठूलो परिमाणमा गुठी जग्गालाई रैतानीमा परिणत गरेर लुट मच्चाइएको थियो । यही धन्दा गरेर कांग्रेसका धेरैजनाले काठमाडौंमा घर ठडाएका थिए ।’

 

प्रतिकृया