• १५ असोज २०८३, बिहीबार
  • १ः२० राती

रुपन्देहीमा थपिए कांग्रेसका ११ हजार क्रियाशील सदस्य

प्रकाशित मिति

२०७८ असार १ गते, मंगलवार ०४:४२

रुपन्देही : रुपन्देहीमा नेपाली कांग्रेसका ११ हजार क्रियाशील सदस्य थपिएका छन् । कांग्रेसको आगामी १३ औं महाधिवेशनको हालै मात्र नयाँ क्रियाशील सदस्यहरुको नामावली सार्वजनिक गरिएको थियो । जसअनुसार रुपन्देहीमा ११ हजार नयाँ सदस्य थप भएका हुन् ।

National Life

अब रुपन्देहीमा कांग्रेसको क्रियाशील सदस्यको संख्या २१ हजारभन्दा बढी पुगेको जिल्ला सचिव रामकृष्ण खाँणले जानकारी दिए । केन्द्रबाट अन्तिम नामावली आउँदा त्यसमा केही घटबढ हुनसक्ने खाँणले बताए ।


परिमार्जित तालिकाअनुसार नेपाली कांग्रेसको महाधिवेशन भदौ १६ गतेदेखि १९ गतेसम्म काठमाडौमा हुनेछ । त्यसअघि साउन ६ गतेबाट तल्ला तहको अधिवेशन सुरु हुनेछ । जसअनुसार साउन ६ गते वडा अधिवेशन हुनेछ ।

Classic Tech Mobile
Classic Tech Desktop

त्यसैगरी साउन ११ गते गाउँपालिका र नगरपालिकाको, १६ गते प्रदेशसभा क्षेत्रीय , २० गते प्रतिनिधिसभा क्षेत्रीय र २४ गते जिल्ला अधिवेशन हुनेछ । त्यसैगरी भदौ १ र २ गते प्रदेश अधिवेशन हुनेछ । क्रियाशील सदस्यले वडा र गाउँ नगरको नेतृत्व छान्न मतदान गर्न पाउनेछन् ।

प्रतिकृया