• २१ असोज २०८३, बुधबार
  • २ः४५ दिउँसो

टिपरको ठक्करबाट एक युवकको मृत्यु

प्रकाशित मिति

२०७६ जेष्ठ २६ गते, आईतवार १२:३९

 तनहुँको शुक्लागण्डकी नगरपालिका वडा नं २ गाछेपानीमा टिपरको ठक्कर बाट एक साईकलयात्रीको मृत्यु भएको छ ।

National Life

आइतबार बिहान ८ स् ४० मा भएको दुर्घटनामा परि मृत्यु हुनेमा शुक्लागण्डकी वडा नं २ बस्ने २१ वर्षिय कमल वि क रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जानकारी दिएको छ ।

भिमादबाट हलेदीतर्फ जाँदै गरेको ग १ ख ७१७८ नं को टिपरले बाटो काट्ने क्रममा साईकलयात्रीलाई ठक्कर दिई दुर्घटनामा परी घाइते भएका विकलाई नजिकको तनहुँसेवा अस्पताल दुलेगौडां लगिएको र थप उपचारको लागि पोखराको मणिपाल अस्पतालमा रिफर गरेपछि त्यहाँ लैजाने क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया