• २८ भदौ २०८३, आइतबार
  • ११ः५० बिहान

महामारी नियन्त्रण गर्न नेपाललाई सबै प्रकारको सहयोग गर्छौ :  चिनियां विदेश मन्त्रालय 

प्रकाशित मिति

२०७८ बैशाख २५ गते, शनिबार ०९:१३

९ करोड २० लाख बरावरको सहयोग तुरुन्त गर्ने प्रतिवद्धता

National Life

काठमाडौँ :  बेइजिङ  चीनले नेपाललाई सक्दो सहयोग गर्ने जनाएको छ । नेपालमा कोरोनाको महामारीले जनजिवन आक्रान्त वनिरहेको बेला चिनियां विदेश मन्त्रालयका प्रवक्ता वाङ वन पिनले  पत्रकार सम्मेलनमा नेपाललाई सहयोगको प्रतिबद्धता व्यक्त गरेका हुन ।

 

Classic Tech Mobile
Classic Tech Desktop

पत्रकार सम्मेलनमा भनेका छन् ‘नेपालमा तीव्र गतिमा बढिरहेको कोरोना महामारीपछि उत्पन्न परिस्थितिको बारेमा चीन जानकार छ । हामी सबै प्रकारको सक्दो सहयोग नेपाललाई गर्नेछौं ।

 

चिनियां विदेशमन्त्री वाङ यीले पांच वटा दक्षिण एसियाली मुलुकका परराष्ट्रमन्त्रीहरुसंग वैशाख दोश्रो साता भिडियो कन्फ्रेन्स हुंदा नेपाल कोरोना भाइरसको समस्याबाट जुधिंरहेको भन्दै ९ करोड २० लाख बरावरको सहयोग तुरुन्त गर्ने प्रतिवद्धता जनाएका थिए ।

 

चिनियां विदेश मन्त्रालयका प्रवक्ता वाङले चीनले नयां चरणको स्वास्थ्य सहायता उपलब्ध गराउने वाचालाई व्यवहारमा उतार्न चीन लागिरहेको र चांडै नेपाल पु¥याउन तयारीमा आफुहरु रहेको उनले बताएका छन् । उनले चीनका स्थानीय सरकार तथा गैरसरकारी संस्थाहरूले सक्रियताका साथ महामारीका लागि अत्यावश्यक सामग्रीहरू नेपालमा पुयाउने काम गर्दै आएको बताए ।

 

वाङले भने ‘नेपाललाई सहयोग गर्न हामी तयार छौं, हामीलाई विश्वास छ, नेपालको सरकार र सबै पार्टीहरूको संयुक्त प्रयासमा नेपाली जनताले महामारीबाट मुक्ति पाउनेछन् र जनजीवन पूर्ववत् रूपमा सामान्य अवस्थामा फर्किनेछ।’

प्रतिकृया