• २४ भदौ २०८३, बुधबार
  • ८ः०६ बिहान

गण्डकी प्रदेशसभा बैठक  स्थगित, सांसदहरुको पीसीआर परीक्षण गरिने

प्रकाशित मिति

२०७८ बैशाख १४ गते, मंगलवार ०३:३८

पोखरा :  गण्डकी प्रदेशसभाको विशेष अधिवेशनको दोस्रो बैठक सत्ता पक्षको अवरोधका कारण स्थगित भएको छ । मंगलबार बैठक सुरु भएलगत्तै सत्तारुढ दल नेकपा एमालेका सांसदले पिसिआर परीक्षण नगरी बैठक सञ्चालन नगर्न माग गरेका थिए । एमालेका सांसदहरु आफ्नो स्थानमा उठेर निरन्तर विरोध जनाएपछि सभामुखले २० मिनेटका लागि बैठक स्थगित गरेका थिए ।

National Life

प्रदेशसभा बैठक रोकेर बोलाइएको कार्यव्यवस्था परामर्श समितिको बैठकमा एमालेका तर्फबाट पिसिआर परीक्षण गर्नैपर्ने माग जोडदार रुपमा उठाइएपछि तत्काल सबै सांसदको पिसिआर परीक्षण गर्ने निर्णयका साथ प्रदेशसभा बैठक बुधबार बस्ने सहमति जुटेको छ ।

प्रदेशसभा सदस्य कृष्णबहादुर थापाका अनुसार मंगलबार सांसदहरुको पिसिआर परीक्षण गरिने छ । उक्त परीक्षणको रिपोर्ट आए पछिमात्र बस्ने गरी बुधबार दिउँसो १ बजेका लागि प्रदेशसभा बैठकको अर्को मिति तोकिएको उनले बताए ।

Classic Tech Mobile
Classic Tech Desktop

कुनै प्रदेशसभा सांसदमा कोरोना संक्रमण देखिएको अवस्थामा भने त्यस्तो सांसदलाई निजी सवारी साधनमा आएर प्रदेशसभामा अविश्वास प्रस्तावमाथिको मतदानमा भाग लिन दिइने तर बैठकमा सहभागी नगराइने पनि दलहरुबीच सहमति भएको छ ।

प्रतिकृया