• २४ भदौ २०८३, बुधबार
  • ७ः१४ बिहान

माओवादी केन्द्रको स्थायी समिति बैठक बस्दै

प्रकाशित मिति

२०७८ बैशाख १४ गते, मंगलवार ०२:१३

नेकपा माओवादी केन्द्रले समसामयिक राजनीतिक परिस्थितिबारे छलफल गर्न स्थायी कमिटी बैठक बोलाएको छ ।
नेताहरुका अनुसार बैठकमा पछिल्लो राजनीतिक अवस्थाका साथै अध्यक्ष प्रचण्डले पेस गर्ने राजनीतिक प्रतिवेदन र केन्द्रीय कार्यालयका तर्फबाट पेस हुने विधानमाथि छलफल हुनेछ ।

National Life

मंगलबार दिउँसो ३ बजे पेरिसडाँडामा बस्नेगरी बैठक बोलाइएको माओवादीको केन्द्रीय कार्यालयका कार्यालय सचिव श्रीराम ढकालले जानकारी दिए । केपी शर्मा ओली नेतृत्वको सरकारविरुद्ध अविश्वास प्रस्ताव ल्याउने चर्चा भइरहेका बेला माओवादीको बैठकलाई चासोका साथ हेरिएको छ ।

यसअघि बसेको माओवादी बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गर्दै त्यसको जिम्मेवारी अध्यक्ष प्रचण्डलाई दिएको थियो ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया