• २२ भदौ २०८३, सोमबार
  • १०ः५४ राती

गर्लस् इन आइसिटीले ग्राफिक डिजाइन प्रतिस्पर्धा गर्ने

प्रकाशित मिति

२०७८ बैशाख १२ गते, आईतवार १२:१९

गर्लस् इन आइसिटी डे २०२१ को अवसरमा वुमन इन इन्फोरमेसन टेक्नोलेजी डब्लुआईआईटीले ग्राफिक डिजाइन प्रतिस्पर्धा गर्ने भएको छ ।

National Life

यो प्रतिस्पर्धामा भाग लिन आइसिटीमा महिला प्रोत्साहन भन्ने थिमसँग मेल खानुपर्ने आयोजकले बताएको छ। यो कार्यक्रममा २२ वर्षसम्मका छात्राहरुले मात्र सहभागिता जनाउन पाउनेछन् ।

यसका लागि प्रतिस्पर्धीहरुले डिजिटल ब्यानर बनाउनु पर्ने छ । इच्छुक प्रतिस्पर्धीहरुले विद्यार्थी परिचयपत्र वा नागरिक्ताको प्रतिलिपीसहित आफ्नो ग्राफिक डिजाइन पठाउनु पर्नेछ ।

Classic Tech Mobile
Classic Tech Desktop

डिजाइनको एसपेक्ट रेसियो ६४०x४८० पिक्सेल हुनुपर्छ र रिजोल्युसन ३०० रेसरडिपिआई हुनुपर्ने आयोजकले जनाएको छ ।

त्यस्तै फोटो पनि जेपिजी वा पिएनजीको फर्मयाटमा हुनुपर्छ । फाइल साइज ८ एमबीभन्दा बढिको नबनाउन आयोजकले आग्रह गरेको छ।

अंग्रेजी वा नेपाली दुवै भाषामा ब्यानर बनाउन सकिने छ  भने ईमेजको साइज ६४० चौडाई र ४८० लम्बाईको हुनुपर्नेछ ।

आफ्नो डिजाइन ५ मे, २०२१ भित्रमा गल्र्स इन आइसिटीको वेबसाइटमा आवेदन भरेर पठाउनुपर्ने छ ।

कार्यक्रमको विजेता डब्लुआईआईटीको आधिकारिक वेबसाइट र फेसबुक पेजमा घोषणा गरिनेछ र विजेताले आकर्षक पुरस्कार पाउनेछन् ।

प्रतिकृया