• ५ असोज २०८३, सोमबार
  • ११ः१५ बिहान

२२.६७% ले बढ्यो ग्लोबल आइएमई बैंकको नाफा, ६ अर्ब २२ करोड कमाइ

प्रकाशित मिति

२०८३ श्रावण २० गते, बुधबार ०८:५९

२० साउन २०८३ काठमाडौं – ग्लोबल आइएमई बैंकले आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गर्दै नाफामा उल्लेख्य वृद्धि गरेको जनाएको छ। बैंकले गत आर्थिक वर्षको असार मसान्तसम्म ६ अर्ब २२ करोड ७१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको ५ अर्ब ७ करोड ६३ लाख रुपैयाँको तुलनामा २२.६७ प्रतिशत बढी हो।

National Life

यद्यपि, बैंकको खुद ब्याज आम्दानी भने २.८६ प्रतिशतले घटेर १६ अर्ब २० करोड ३० लाख रुपैयाँमा सीमित भएको छ। तर खुद फी तथा कमिशन आम्दानी ३ अर्ब २२ करोड १७ लाख रुपैयाँबाट बढेर ३ अर्ब ६४ करोड ५ लाख रुपैयाँ पुगेको छ।

यस अवधिमा बैंकको सञ्चालन आम्दानी २.६१ प्रतिशतले वृद्धि भएर २१ अर्ब ८० करोड ३९ लाख रुपैयाँ पुगेको छ भने सञ्चालन नाफा २० प्रतिशतले बढेर ८ अर्ब ६८ करोड २१ लाख रुपैयाँ पुगेको छ। बैंकको वितरणयोग्य नाफा ४ अर्ब ५८ करोड १० लाख रुपैयाँ रहेको छ। लाभांश दिने क्षमता (डीपीएस) १२.०२ रुपैयाँ कायम भएको बैंकले जनाएको छ।

Classic Tech Mobile
Classic Tech Desktop

समीक्षा अवधिमा बैंकको प्रतिसेयर आम्दानी (EPS) १६.३४ रुपैयाँ र प्रतिसेयर नेटवर्थ १८३.१४ रुपैयाँ रहेको छ। निष्क्रिय कर्जा (NPL) भने ४.८६ प्रतिशतबाट बढेर ४.९६ प्रतिशत पुगेको छ। हाल ३८ अर्ब ११ करोड ५८ लाख रुपैयाँ चुक्ता पुँजी रहेको बैंकको जगेडा कोषमा २७ अर्ब १० करोड ९३ लाख रुपैयाँ सञ्चित छ। बैंकले ६ खर्ब ६९ अर्ब १७ करोड १४ लाख रुपैयाँ निक्षेप संकलन गरी ४ खर्ब ३९ अर्ब ३४ करोड रुपैयाँ कर्जा प्रवाह गरेको जनाएको छ।

प्रतिकृया