• ४ असोज २०८३, आइतबार
  • ८ः०४ राती

३३.५०% ले बढ्यो नबिल बैंकको नाफा, लाभांश क्षमता प्रतिकित्ता १९.१० रुपैयाँ

प्रकाशित मिति

२०८३ श्रावण २० गते, बुधबार ०९:०६

२० साउन २०८३ काठमाडौं – नबिल बैंकले आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गर्दै अधिकांश वित्तीय सूचकमा उल्लेखनीय सुधार भएको जनाएको छ। बैंकले समीक्षा अवधिमा ७ अर्ब ९० करोड ५७ लाख रुपैयाँ खुद नाफा कमाएको छ, जुन अघिल्लो आर्थिक वर्षको सोही अवधिको ५ अर्ब ९२ करोड २१ लाख रुपैयाँको तुलनामा ३३.५० प्रतिशत बढी हो।

National Life

बैंकको खुद ब्याज आम्दानी ४.१८ प्रतिशतले बढेर १७ अर्ब ९२ लाख रुपैयाँ पुगेको छ। यससँगै कर्जा नोक्सानी व्यवस्था (इम्पेरमेन्ट चार्ज) उल्लेख्य रूपमा घटेकाले नाफा वृद्धि हुन थप टेवा पुगेको बैंकले जनाएको छ। अघिल्लो वर्ष ४ अर्ब २० करोड १४ लाख रुपैयाँ छुट्याएको बैंकले यस वर्ष भने २ अर्ब ६७ करोड ७७ लाख रुपैयाँ मात्रै व्यवस्था गरेको छ।

यस अवधिमा बैंकको सञ्चालन नाफा २५.२२ प्रतिशतले बढेर ११ अर्ब ५६ करोड ४५ लाख रुपैयाँ पुगेको छ। बैंकको कुल वितरणयोग्य नाफा ५ अर्ब १६ करोड ९१ लाख रुपैयाँ रहेको छ, जसका आधारमा बैंकले प्रति सेयर १९ रुपैयाँ १० पैसासम्म लाभांश वितरण गर्न सक्ने देखिएको छ।बैंकको चुक्ता पूँजी ३२ अर्ब ५ करोड ६९ लाख रुपैयाँ पुगेको छ, जसमा ५ अर्ब रुपैयाँ बराबरको ८ प्रतिशत अविमोच्य असञ्चिती अग्राधिकार सेयर समेत समावेश छ। त्यस्तै, जगेडा कोष ३९ अर्ब ८४ करोड ९५ लाख रुपैयाँ पुगेको छ।

Classic Tech Mobile
Classic Tech Desktop

समीक्षा अवधिसम्म बैंकले ५ खर्ब ९२ अर्ब ५५ करोड ९३ लाख रुपैयाँ निक्षेप संकलन गरी ४ खर्ब ६० अर्ब ३१ करोड ८७ लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ। यसैगरी, बैंकको निष्क्रिय कर्जा (NPL) ४.४८ प्रतिशतबाट घटेर ४.२० प्रतिशतमा झरेको छ। बैंकको प्रतिसेयर आम्दानी (EPS) २८ रुपैयाँ ३६ पैसा तथा प्रतिसेयर नेटवर्थ २४७ रुपैयाँ २८ पैसा रहेको वित्तीय विवरणमा उल्लेख छ।

प्रतिकृया